काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्स सँगको साझेदारीमा नेपालमा आफ्नो नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर (RAC) श्रृंखला औपचारिक रूपमा सार्वजनिक गरेको छ । होटल भिभान्ता काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
नयाँ डुअलकुल एयर कन्डिसनरमा “किलोवाट म्यानेजर” नामक स्मार्ट विद्युत्व्यवस्थापन प्रविधि प्रस्तुत गरेको छ, जुन नेपाली घरपरिवारमा प्रभावकारी, ऊर्जा–दक्ष तथा लागत–सचेत कन्डिसनरको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर विकसित गरिएको हो ।
उक्त उत्पादनहरूको औपचारिक अनावरण चौधरी ग्रुपका प्रबन्ध निर्देशक निरवान चौधरीद्वारा गरिएको थियो ।
किलोवाट म्यानेजरमार्फत स्मार्ट विद्युत् उपयोग — “ आफ्नो बिल तपाईं आफैं निर्णय गर्नुहोस्”
नयाँ श्रृंखलाको मुख्य आकर्षणनैएलजीको “किलोवाट म्यानेजर” हो, जुन ऊर्जा बचत गर्ने स्मार्ट सुविधा हो र यसले प्रयोगकर्तालाई विद्युत्खपत अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग पु¥याउँछ।
ऊर्जा लागत तथा विद्युत्शुल्क बढ्दै गइरहेको अवस्थामा नेपाली घरपरिवारले अनुमानयोग्य तथा प्रभावकारी समाधान खोजिरहेका छन्।
साधारण सेटअपमार्फत उपभोक्तालेः
“फ्रिज क्लिन” मार्फत सुधारिएको भित्री वायु स्वच्छता
एयर कन्डिसनरको भित्री वातावरणमा धुलो तथा ब्याक्टेरिया जम्मा हुने भएकाले स्वच्छ हावा प्रवाहबारे चिन्ता रहन सक्छ । एलजीको “फ्रिज क्लिन” प्रविधिले इभापोरेटरमा जम्मा भएका अशुद्धिहरू वरिपरि बरफको तह बनाउँछ । बरफ पग्लिने क्रममा ती कणहरू ड्रेनेजमार्फत बाहिर निकालिन्छन्, जसले उपकरणको भित्री भाग सफा राख्न सहयोग पु¥याउँछ ।
नेपालको अवस्थाअनुसार डिजाइन
नेपाली उपभोक्ताका लागि स्मार्ट समाधान
कार्यक्रममा बोल्दैसीजी इलेक्ट्रोनिक्सका मार्केटिङ विभागको महाप्रबन्धक, गौरव हमाल ले भन्नुभयोः “एलजीको नयाँ किलोवाट म्यानेजर प्रविधिले उपभोक्तालाई आफ्नो विद्युत्खपत र घरेलु खर्चमा अझ प्रभावकारी नियन्त्रण प्रदान गर्छ । ऊर्जा दक्षता नेपाली घरपरिवारको प्राथमिकता बन्दै गएको अवस्थामा, यो नवप्रवर्तनले उपभोक्तालाई अर्थपूर्ण लाभ प्रदान गर्ने हाम्रो विश्वास छ ।”
# # #

एलजी इलेक्ट्रोनिक्स
एलजी इलेक्ट्रोनिक्स विश्वस्तर घरेलु उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्स तथा एयर समाधान प्रदायक कम्पनी हो, जुन नवीन प्रविधि, ऊर्जा–दक्ष उत्पादन तथा उपभोक्ता–केन्द्रित डिजाइनका लागि परिचित छ । एलजीको उत्पादन श्रृंखलामा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, अडियो प्रणाली तथा दैनिक जीवनलाई सहज बनाउने अन्य उपकरणहरू समावेश छन्।
सीजी इलेक्ट्रोनिक्स
सीजी इलेक्ट्रोनिक्स, सीजी कर्प ग्लोबल अन्तर्गतको कम्पनी हो र नेपालमा एलजी उत्पादनहरूको एकमात्र आधिकारिक वितरक हो। चार दशकभन्दा बढी समयदेखि सीजी इलेक्ट्रोनिक्ससँगको दीर्घकालीन साझेदारीमार्फत एलजी नेपालमा प्रिमियम उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित रहँदै आएको छ।





































