काठमाडौँ । नेपाल टेलिकमको सिमकार्डमा आज राति झण्डै चार घण्टा रिचार्ज नहुने भएको छ।
टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब चार घण्टा रिचार्ज सेवा अवरुद्ध हुने टेलिकमले एक सूचना मार्फत जानकारी दिएको छ ।
यस अवधिमा ब्यालेन्स रिचार्ज र डाटा प्याकेज खरिदसहितका सेवाहरू प्रभावित हुने छन्। टेलिकमले राति ११ बजेअघि नै रिचार्ज र आवश्यक डाटा प्याकेज खरिद गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।

तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने बन्द नहुने टेलिकमले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।






























