National life

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मे, आज पुनः ३० अर्ब खिच्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ जेठ २०८१, शुक्रबार
717Shares
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मे, आज पुनः ३० अर्ब खिच्दै
ncell

काठमाडौँ। बैंकिङ प्रणालीमा आएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले दैनिक रूपमा भारी रकम तानी रहेको छ । हिजो मात्रै बजारबाट ३५ अर्ब रुपैयाँ झिकेको केन्द्रीय बैकले आज फेरि बजारबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ।

तरलता व्यवस्थापनको अल्पकालीन उपकरण निक्षेप संकलनमार्फत केन्द्रीय बैंकले ३० अर्ब रुपैयाँ झिक्न लागेको हो। अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले बजारबाट पैसा झिक्न लागेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने निक्षेप सङ्कलन गर्न लागेको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रणमा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ। यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल हुँदा बजारबाट पैसा झिक्ने गर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।

निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी असार १४ गते हुनेछ। निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
717SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?