National life

राष्ट्र बैंक ऐन संशोधन विधेयक आज प्रतिनिधिसभामा पेश हुँदै

संसद बैठकमा नीति तथा बजेटका महत्वपूर्ण विधेयकहरू अघि बढाइँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२५ जेठ २०८३, सोमबार
2.8kShares
राष्ट्र बैंक ऐन संशोधन विधेयक आज प्रतिनिधिसभामा पेश हुँदै
ncell

काठमाडौं । प्रतिनिधिसभामा आज राष्ट्र बैंक ऐन तेस्रो संशोधन विधेयक प्रस्तुत हुने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक बैठकमा पेश गर्ने कार्यसूची रहेको छ।

बैठकको प्रारम्भमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरिएको जानकारी गराउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसपछि आगामी आर्थिक वर्षको राजस्व र व्यय अनुमानमाथि सामान्य छलफल सुरु हुने छ। अर्थमन्त्री वाग्लेले वक्तव्यसहित छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

छलफल प्रारम्भ भएपछि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि अर्थमन्त्रीले दिनेछन्।

यसैगरी, बैठकमा विनियोजन विधेयक पनि प्रस्तुत गरिनेछ। त्यससँगै सरकारको आर्थिक नीति कार्यान्वयनसँग सम्बन्धित अन्य विधेयकहरू पनि अघि बढाइने छन्।

आजकै बैठकमा अर्थमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

सरकारले बजेट कार्यान्वयन र वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउन एकपछि अर्को विधेयक अघि बढाइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
2.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?