National life

राष्ट्र बैंकले ल्यायो डिजिटल ऋण व्यवस्था, मोबाइल बैंकिङबाट १० लाखसम्म धितोबिनै कर्जा

यस प्रक्रियामा धितो राख्नुपर्ने, बैंक शाखा जानुपर्ने वा कागजी प्रक्रिया पूरा गर्नुपर्ने आवश्यक नहुने जनाइएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२६ जेठ २०८३, मङ्गलबार
2.5kShares
राष्ट्र बैंकले ल्यायो डिजिटल ऋण व्यवस्था, मोबाइल बैंकिङबाट १० लाखसम्म धितोबिनै कर्जा
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै लघु, साना तथा मझौला उद्यमीहरूका लागि मोबाइल बैंकिङमार्फत धितोबिनै कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ।

‘विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेन्डिङ) सम्बन्धी मार्गदर्शन, २०७८’ मा संशोधन गर्दै केन्द्रीय बैंकले अल्पकालीन चालू पूँजीका लागि ५ लाख रुपैयाँसम्म र दीर्घकालीन चालू पूँजीका लागि १० लाख रुपैयाँसम्म कर्जा डिजिटल प्रणालीमार्फत दिने व्यवस्था लागू गरेको हो।

नयाँ व्यवस्था अनुसार ग्राहकले मोबाइल बैंकिङ एपबाट कर्जा आवेदन दिएपछि स्वचालित मूल्यांकन प्रणालीमार्फत केही मिनेटमै रकम खातामा जम्मा हुनेछ। यस प्रक्रियामा धितो राख्नुपर्ने, बैंक शाखा जानुपर्ने वा कागजी प्रक्रिया पूरा गर्नुपर्ने आवश्यक नहुने जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकका अनुसार यो व्यवस्थाले लघु तथा साना व्यवसायीहरूको वित्तीय पहुँच सहज बनाउने र डिजिटल कारोबारलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?