National life

मोबाइल नम्बर परिवर्तन गर्दा बैंकलाई जानकारी दिन आग्रह

समयमै अद्यावधिक नगरेमा खातासम्बन्धी संवेदनशील जानकारीमा अनधिकृत पहुँच पुग्ने जोखिम रहन्छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२६ जेठ २०८३, मङ्गलबार
1.6kShares
मोबाइल नम्बर परिवर्तन गर्दा बैंकलाई जानकारी दिन आग्रह
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहकहरूलाई मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई तुरुन्त जानकारी गराउन आग्रह गरेको छ।

वित्तीय सचेतनामूलक सन्देश जारी गर्दै राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा डिजिटल भुक्तानी सेवा प्रयोग गर्दा दर्ता गरिएको मोबाइल नम्बर वा इमेलसँगै खातासम्बन्धी महत्वपूर्ण विवरण जोडिएको जनाएको छ।

राष्ट्र बैंकका अनुसार यदि ग्राहकले आफ्नो मोबाइल नम्बर परिवर्तन गरे पनि समयमै अद्यावधिक नगरेमा खातासम्बन्धी संवेदनशील जानकारीमा अनधिकृत पहुँच पुग्ने जोखिम रहन्छ। यसले वित्तीय ठगी तथा साइबर अपराधको सम्भावना बढाउन सक्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मोबाइल हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा तत्काल सम्बन्धित सेवा प्रदायकलाई जानकारी नगराउँदा खातामा जोखिम बढ्ने चेतावनी पनि दिइएको छ।

राष्ट्र बैंकले ग्राहकहरूलाई आफ्नो नाममा दर्ता भएको सिमकार्ड मात्र प्रयोग गर्न, आधिकारिक एप्सबाट मात्र बैंकिङ सेवा लिन र कुनै परिवर्तन भएलगत्तै अपडेट गर्न विशेष आग्रह गरेको छ।

यसका साथै, गुनासो वा समस्या परेमा राष्ट्र बैंकको अनलाइन पोर्टलमार्फत उजुरी दर्ता गर्न सकिने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?