National life

आदिवासी जनजातिलाई ‘पैसामा बिक्ने’ भनेपछि सोविता विवादमा, महासंघद्वारा कारबाहीको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१९ फागुन २०८२, मङ्गलबार
873Shares
आदिवासी जनजातिलाई ‘पैसामा बिक्ने’ भनेपछि सोविता विवादमा, महासंघद्वारा कारबाहीको चेतावनी
ncell

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोविता गौतम विवादमा तानिएकी छिन्। चितवन-३ की उम्मेदवार सोविता गौतम आदिवासी जनजाति समुदायप्रति अपमानजनक अभिव्यक्ति दिएपछि विवादमा तानिएकी हुन् ।

चुनावी सम्बोधनका क्रममा उनले ‘आदिवासी जनजाति पैसामा बिक्ने’ भनी अभिव्यक्ति दिएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् सचिवालय चितवनले उनको अभिव्यक्तीप्रति आपत्ति जनाएको हो।

‘आफ्नो सम्बोधनका क्रममा गौतमले यस क्षेत्रका वीर, इमानदार र सचेत आदिवासी समुदायलाई ‘पैसाले किन्न सकिने’ र ‘बिक्न सक्ने वर्ग’ भनी जुन निकृष्ट टिप्पणी गर्नुभएको छ, त्यसले वर्षौंदेखि आफ्नो पहिचान, स्वाभिमान र अधिकारका लागि संघर्षरत आदिवासी जनजाति समुदायको मानमर्दन मात्र गरेको छैन, हाम्रो राजनीतिक चेतना र विवेकमाथि समेत गम्भीर प्रहार गरेको छ।’परिषद् सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Royal Enfield
nic asia capital

परिषद्ले यस विषयमा रास्वपा नेतृ गौतमले माफी नमागे उनलाई चुनावमा बहिष्कार गर्ने चेतावनी समेत दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
873SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?