National life

हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : उपसभापति वाग्ले

रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तनको अभियान रहेको बताए

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०७ असार २०८३, आइतबार
1.1kShares
हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : उपसभापति वाग्ले
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने प्रणाली विकास भएको बताएका छन् । 

आइतबार चितवनमा आयोजित पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहमा उनले राज्यले सिर्जनाभन्दा वितरण, प्रतिस्पर्धाभन्दा नियन्त्रण र अवसर विस्तारभन्दा पहुँचको संरक्षण गर्ने संस्कारलाई बढावा दिएको उल्लेख गर्दै रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तनको अभियान रहेको बताए । 

उनले विवेक, विधि र नियममा आधारित शासन, मेरिटोक्रेसी र नागरिक केन्द्रित लोकतन्त्र स्थापना गर्दै आमूल राजनीतिक सुधारमार्फत नेपाललाई जिताउने लक्ष्यसहित रास्वपा अघि बढिरहेको पनि बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने,‘राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बन्यो । व्यवसायमा नवप्रवर्तन गर्न कठिन, तर शक्ति केन्द्रसँग निकट हुन सजिलो हुने व्यवस्था बन्यो । राज्यले सिर्जना गर्नेभन्दा बाँड्ने, प्रतिस्पर्धा बढाउनेभन्दा नियन्त्रण गर्ने, अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने संस्कार विकसित भयो । त्यसैले हाम्रो राजनीतिक उद्देश्य केवल सरकार फेर्ने अभियान मात्र होइन, राजनीतिक संस्कार परिवर्तनको अभियान हो । हामी विवेक र विधि अनि नियममा आधारित शासनतर्फ जान चाहन्छौँ । भागबण्डाबाट मेरिटोक्रेसीतर्फ जान चाहन्छौँ। नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौँ । हामी आमूल सुधारको राजनीतिमार्फत कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ । हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ।’

उनले नागरिक र राज्यबीचको विश्वासको पुल भत्किन थालेपछि परिवर्तनको चाहना विद्रोहमा परिणत भएको र त्यसैको लोकतान्त्रिक आवाजका रूपमा रास्वपा स्थापित भएको बताए।

उनले विगतका आन्दोलनहरूले नेपालमा लोकतन्त्र, संविधान र समावेशिताको आधार निर्माण गरे पनि लोकतन्त्रको संस्थागत गुणस्तर अपेक्षाअनुसार विकास हुन नसकेको टिप्पणी गरे ।

उनका अनुसार निर्वाचनहरू नियमित भए पनि उत्तरदायित्व कमजोर रह्यो, संविधान बने पनि संस्थाहरू बलिया हुन सकेनन्, राज्यको आकार बढे पनि क्षमता विस्तार हुन सकेन।

उनले पार्टी अब आन्दोलनको चरणबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरणको यात्रामा रहेको उल्लेख गर्दै नयाँ पुस्ताले केवल प्रश्न मात्र होइन, उत्तर दिन, शासन चलाउन र परिणाम दिन सक्ने क्षमता प्रदर्शन गर्नुपर्ने बताए।

रास्वपाले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्यको परिकल्पना गरेको उल्लेख गर्दै उनले नागरिकको प्रतिभा, क्षमता र परिश्रम सफलताको आधार बन्नुपर्नेमा जोड दिए ।

उनले युवाले अवसरको खोजीमा विदेशिनुपर्ने बाध्यता अन्त्य हुने, किसान र श्रमिकले सम्मानपूर्वक जीवनयापन गर्न सक्ने तथा उद्यमीले निर्भय भएर लगानी गर्न सक्ने नेपाल निर्माण गर्नुपर्ने बताए।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?