National life

सन्तुलित परराष्ट्र नीतिमार्फत आर्थिक समृद्धि लक्ष्यमा सरकार

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१४ जेठ २०८३, बिहिबार
1.1kShares
सन्तुलित परराष्ट्र नीतिमार्फत आर्थिक समृद्धि लक्ष्यमा सरकार
ncell

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई राष्ट्रिय हित, आर्थिक समृद्धि र समग्र विकासका लागि प्रभावकारी रूपमा उपयोग गर्ने सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टोखा नगरपालिका–९ द्वारा आज बिहान आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको कूटनीतिक सम्बन्ध विश्वका विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थासँग आर्थिक, सांस्कृतिक, राजनीतिक र रणनीतिक आधारमा विस्तार हुँदै गएको उल्लेख गरे।

नेपालले सधैँ स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अपनाउँदै आएको उल्लेख गर्दै उनले संविधान, संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त तथा असंलग्न आन्दोलनका मूल्य–मान्यताका आधारमा नीति सञ्चालन भइरहेको बताए।

मन्त्री खनालका अनुसार नेपालको परराष्ट्र नीति सन्तुलित, मैत्रीपूर्ण र बहुपक्षीय सहकार्यमा केन्द्रित छ, जसको मुख्य लक्ष्य राष्ट्रिय हितको संरक्षण, आर्थिक विकास, शान्ति प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउनु हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले परराष्ट्र मन्त्रालयभित्रको ढिलासुस्ती अन्त्य गर्दै सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउने प्रयास भइरहेको बताए। राहदानी वितरण प्रणालीलाई सहज बनाइएको उल्लेख गर्दै उनले अहिले आवेदन दिएको दुई–तीन दिनमै, कतिपय अवस्थामा भोलिपल्टै राहदानी उपलब्ध गराउन सकिने अवस्था आएको जानकारी दिए।

विदेशमा रहेका नेपाली नागरिकका समस्यालाई सम्बोधन गर्न ‘मोफा मित्र’ मोबाइल एप सञ्चालनमा ल्याइएको पनि उनले बताए।

त्यसैगरी, निर्वाचनपछि सार्वजनिक गरिएको ‘१०० बुँदे प्रतिबद्धता’ अनुसार सरकार काम गरिरहेको उल्लेख गर्दै उनले २०६३ पछि महत्वपूर्ण सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन र पुराना भ्रष्टाचारका फाइल पुनः खोल्ने प्रक्रिया अघि बढेको जानकारी दिए। सरकारी खर्च नियन्त्रणका लागि मन्त्रालय संख्या घटाइएको पनि उनले स्पष्ट पारे।
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?