National life

आजदेखि एपोलो हाईड्रोको पहिलो चरणको आईपीओ निष्कासन, कसले दिन पाउँछन् आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|११ फागुन २०८२, सोमबार
840Shares
आजदेखि एपोलो हाईड्रोको पहिलो चरणको आईपीओ निष्कासन, कसले दिन पाउँछन् आवेदन ?
ncell

काठमाडौँ । एपोलो हाईड्रोपावर लिमिटेडले पहिलो चरणमा आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै सेयर बिक्री सुरु गरेको जनाएको छ।

कम्पनीले १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण सेयर (प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको छ। यसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ।

Royal Enfield
nic asia capital
उक्त कोटामा पनि ५० प्रतिशत सेयर ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–७ र ८ का उच्च प्रभावित बासिन्दाका लागि, ३० प्रतिशत सोलुखुम्बुको लिखुपिके गाउँपालिका–२ र रामेछापको उमाकुण्ड गाउँपालिका–३ का मध्यम प्रभावित क्षेत्रका लागि तथा बाँकी २० प्रतिशत रामेछापको उमाकुण्ड गाउँपालिका–२ र गोकुलगंगा गाउँपालिका–१ का न्यून प्रभावित क्षेत्रका बासिन्दाका लागि वितरण गरिनेछ।

बाँकी २० प्रतिशत अर्थात ९ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। यी सेयर पनि १०० रुपैयाँ अंकित दरमै उपलब्ध गराइनेछ। यदि दुवै समूहका लागि छुट्याइएको सेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी सेयर सर्वसाधारणमा समायोजन गरिने कम्पनीले स्पष्ट पारेको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। स्थानीय बासिन्दाका लागि आवेदन छिटोमा फागुन २५ गते र ढिलोमा चैत १० गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ।

स्थानीय बासिन्दाले लक्ष्मी सनराइज बैंक लिमिटेडका तोकिएका शाखा, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका सम्बन्धित शाखा, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका शाखा तथा कम्पनीको कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले सम्हालेको छ। पहिलो चरणमा प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बाँडफाँट सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने योजना बनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
840SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?