National life

कांग्रेसको घोषणाः १० लाखसम्मको वार्षिक आम्दानीमा कर नलाग्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०७ फागुन २०८२, बिहिबार
857Shares
कांग्रेसको घोषणाः १० लाखसम्मको वार्षिक आम्दानीमा कर नलाग्ने
ncell

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले आफ्नो कार्यकाल सुरु गरेसँगै १० लाखसम्मको व्यक्तिगत आयमा कर नलगाउने घोषणा गरेको छ । पार्टी सभापति गगन थापाले ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नामक खुला बहसमा उक्त योजना प्रस्तुत गरेका हुन्।

थापाका अनुसार, नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउन भाषण मात्र पर्याप्त भएकाले नीतिगत सुधार आवश्यक छ। त्यसै अनुरूप, वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने घोषणा गरिएको छ।

Royal Enfield
nic asia capital

अहिले नेपालमा व्यक्तिगत आयकर दर ३९ प्रतिशतसम्म रहेको छ। थापाले यो दर अधिकतम २५ प्रतिशतमा झार्ने योजना रहेको बताए। संस्थागत करको दर २० प्रतिशतमा सीमित गर्ने र अन्य करका दरहरू पनि सरल बनाउँदै मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा समाहित गर्ने योजना कांग्रेसको रहेको उनले जानकारी दिए।

थापाले निजी क्षेत्रलाई अझ व्यापक दृष्टिले हेर्नुपर्ने र केवल केही ठूला व्यवसायिक अनुहार मात्र होइन, भृकुटीमण्डपको चिया पसलदेखि मोबाइल क्यामरा लिएर काम गर्ने युट्युबरहरूसम्म सबैलाई निजी क्षेत्रको हिस्सा मान्नुपर्ने बताए।

पार्टीले आफ्नो सरकार बनेको तीन महिनाभित्रै यी नीतिगत सुधारमा काम थाल्ने प्रतिबद्धता सभापति थापाले गरे।

यो समाचार शेयर गर्नुहोस्
857SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?