National life
cg eloctronics

कांग्रेस एमालेको गढ तोड्दै मोरङ-१ मा न्यौपानेको शानदार जित

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२४ फागुन २०८२, आइतबार
1.4kShares
कांग्रेस एमालेको गढ तोड्दै मोरङ-१ मा न्यौपानेको शानदार जित
ncell

काठमाडौं। देशभर देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उभारसँगै मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ बाट रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन्। उनले २७ हजार ३६७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। अन्तिम मतपरिणामअनुसार न्यौपानेले आफ्ना निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिन लामालाई ९ हजार ८४५ मतान्तरले पराजित गरेका छन्। लामाले १७ हजार ५२२ मत प्राप्त गरेकी छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागो ११ हजार ९८६ मतसहित तेस्रो स्थानमा रहे भने नेकपा (एमाले) का उम्मेदवार घनश्याम खतिवडा ९ हजार ८२३ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित भए। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार कुलप्रसाद साम्बाले २ हजार २२४ मत प्राप्त गरेका छन्।

मोरङ–१ विगतमा नेपाली कांग्रेस र नेकपा (एमाले) को प्रभावशाली क्षेत्र मानिँदै आएको थियो। तर यसपटक मतदातामा देखिएको नयाँ राजनीतिक विकल्पप्रतिको झुकाव र रास्वपाको बढ्दो लोकप्रियताले परम्परागत दलहरूको मतसमर्थनमा कमी आएको विश्लेषण गरिएको छ।

नवनिर्वाचित सांसद न्यौपाने पेसाले अधिवक्ता हुन्। प्रारम्भिक चरणमा उनले आफ्नै गृहजिल्ला झापाको निर्वाचन क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिने तयारी गरेका थिए। दमक निवासी भएका कारण उनले त्यहाँ चुनावी भेटघाट र अभियानसमेत सुरु गरेका थिए। तर पछि पार्टीको रणनीतिअनुसार उनले आफ्नो उम्मेदवारी मोरङ–१ मा सारेका थिए।

झापामा प्रतिस्पर्धा गर्ने योजना परिवर्तन गरे पनि न्यौपानेले मोरङबाट उल्लेखनीय मतसहित प्रतिनिधिसभामा स्थान सुरक्षित गर्न सफल भएका हुन्।यसअघि उनले नेपाल बार एसोसिएसनको महासचिव पदमा उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा पराजित भए पनि पछिल्लो राजनीतिक परिस्थितिमा उनले संघीय संसद्मा प्रवेश गर्न सफल भएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?