National life

चितवन-२ मा रवि लामिछानेको लगातार तेस्रो जित : ५४ हजार बढी मत

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२३ फागुन २०८२, शनिबार
944Shares
चितवन-२ मा रवि लामिछानेको लगातार तेस्रो जित : ५४ हजार बढी मत
ncell

काठमाडौं। चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरका साथ विजयी भएका छन्।

लामिछानेले कुल ५४ हजार ४०२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मिना कुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन्। यससँगै लामिछाने ३९ हजार ८३८ मतान्तरले विजयी भएका छन्।

Royal Enfield
nic asia capital

त्यस्तै नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले ४ हजार ९६९ मत प्राप्त गरेका छन्। लामिछाने यससँगै तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनी पहिलो पटक २०७९ सालको प्रतिनिधिसभा निर्वाचनबाट चितवन–२ बाट सांसद निर्वाचित भएका थिए। तर त्यसपछि नागरिकता सम्बन्धी विवादका कारण उनको सांसद पद खारेज भएको थियो। त्यसपछि भएको उपनिर्वाचनमा उनी पुनः सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

यो समाचार शेयर गर्नुहोस्
944SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?