काठमाडौं। नेपाली कांग्रेसले जनकपुरबाट सार्वजनिक गरेको प्रतिज्ञापत्रलाई ‘ट्रेलर’ मात्र भएको बताएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले विस्तृत कार्यक्रम भने भोलि सार्वजनिक गरिने जानकारी दिए।
उनका अनुसार भोलि दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ शीर्षकमा कार्यक्रम आयोजना हुँदैछ, जहाँ प्रत्यक्ष प्रश्नोत्तर सत्र सञ्चालन गरिनेछ।
प्रवक्ता चालिसेले देश–विदेशबाट आउने जिज्ञासाको जवाफ पार्टी सभापतिले स्वयं दिने बताए। साथै, सभापति थापाले आफ्नो दृष्टिकोण प्रस्तुत गरिसकेको उल्लेख गर्दै त्यसबारे विस्तृत प्रतिक्रिया भोलिको कार्यक्रममा आउने स्पष्ट पारे।



































