काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदका लागि १७ जनाको आवेदन परेको छ । लिमिटेडले गत जेठ २२ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्रबन्ध निर्देशक पदमा नियुक्तिका लागि इच्छुक नेपाली नागरिकहरूलाई दरखास्त पेस गर्न आह्वान गरेको थियो ।
सूचनाअनुसार दर्ता हुन आएकाहरूमा राजेश जोशी, अनन्त प्रकाश मल्लिक, विमल आचार्य र संगीता पहाडी रहेका छन् । त्यस्तै, प्रेमप्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्णप्रसाद भण्डारी, अनिलकुमार झा, डा. ई. शालिग्राम पराजुली र लक्ष्मणले पनि आवेदन दर्ता गरेका छन् ।
आवेदन दिने सूचीमा ई. सुभाष साह, नगेन्द्र कुमार दास, केदारनाथ कोइराला, कमल लामिछाने, रमेशप्रसाद जोशी, ई. शालिकराम सुवेदी र बुद्धिप्रसाद आचार्य पनि रहेका छन् ।




































