National life

मतगणना अपडेट : कुन पार्टी कति स्थानमा अगाडि ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२२ फागुन २०८२, शुक्रबार
924Shares
मतगणना अपडेट : कुन पार्टी कति स्थानमा अगाडि ?
ncell

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत विभिन्न निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । हालसम्मको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले ४१ क्षेत्रमा अग्रता कायम गरेका छन्। यस्तै, एमालेका उम्मेदवार ५ क्षेत्रमा, नेपाली कांग्रेसका उम्मेदवार ३ क्षेत्रमा तथा नेकपाका उम्मेदवार २ क्षेत्रमा अघि रहेका छन्।

काठमाडौं–१ मा रञ्जु न्यौपाने, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, रूपन्देही–२ मा सुलभ खरेल, काठमाडौं–१० मा प्रदीप विष्ट, धनुषा–३ मा मनिष झा, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, मोरङ–४ मा सन्तोष राजवंशी, काठमाडौं–५ मा सस्मित पोखरेल, महोत्तरी–१ मा प्रमोदकुमार महतो, भक्तपुर–१ मा रुकेश रञ्जित, चितवन–२ मा रवि लामिछाने, काठमाडौं–६ मा शिशिर खनाल, कास्की–२ मा उत्तमप्रसाद पौडेल, भक्तपुर–२ मा राजीव खत्री तथा कास्की–१ मा खड्कराज पौडेल अग्रस्थानमा छन्।

Royal Enfield
nic asia capital

त्यसैगरी बाँके – १ मा सुरेशकुमार चौधरी, चितवन – ३ मा सोविता गौतम, ललितपुर – ३ मा तोसीमा कार्की, कञ्चनपुर – २ मा दिपकराज बोहरा, दाङ – १ मा देवराज पाठक, मोरङ – १ मा यज्ञमणि न्यौपाने, स्याङ्जा – १ मा धनञ्जय रेग्मी, कास्की – ३ मा बिना गुरुङ, रौतहट – ४ मा गणेश पौडेल, रूपन्देही – ३ मा डा। लेखजंग थापा, बाँके – ३ मा खगेन्द्र सुनार, झापा – २ मा इन्दिरा राना मगर, बारा – १ मा गणेश धिमाल, झापा – ५ मा बालेन्द्र शाह ९बालेन०, तनहुँ – १ मा स्वर्णिम वाग्ले, मोरङ – ५ मा आशा झा, रूपन्देही – ५ मा तौफिकअहमद खानले अग्रता लिइरहेका छन् ।

यस्तै कञ्चनपुर – १ मा जनक सिंह धामी, बर्दिया – २ मा श्रीधर पोख्रेल, धादिङ – १ मा आसिका तामाङ, पाल्पा – १ मा विमल पन्त, काठमाडौं – २ मा सुनिल के.सी., कञ्चनपुर – ३ मा ज्ञानेन्द्र सिंह महता, ललितपुर – २ मा जगदीश खरेल, र मोरङ – ३ मा गणेश कार्कीले अग्रता लिइरहेकाा छन् ।

रूपन्देही – ४ मा प्रमोदकुमार यादव, बाँके – २ मा मोहम्मद इश्तियाक राई, स्याङ्जा – १ मा मीनप्रसाद गुरुङ, तेह्रथुम – १ मा भानुभक्त ढकाल, चितवन – १ मा दावा दोर्जे लामाले अग्रता लिइरहेका छन् ।

यस्तै नेपाली कांग्रेस ४ क्षेत्रमा अघि रहेको छ। ललितपुर–१ मा उदयशमशेर जबरा, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह र कैलाली–१ मा जनकराज चौधरीले अग्रता कायम गरेका छन्। त्यस्तै नेकपा २ क्षेत्रमा अघि छ। रूकुम पूर्व–१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कालीकोट–१ मा महेन्द्रबहादुर शाही अग्रस्थानमा रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
924SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?