National life
cg eloctronics

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने कांग्रेसले गरे निष्कर्ष

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ वैशाख २०८१, सोमबार
445Shares
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने कांग्रेसले गरे निष्कर्ष
ncell

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने भएका छन् । सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समेत गर्न नदिने निष्कर्ष निकालेको हुन् ।

बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले भने, ‘संसदीय छानबिन समिति गठन हुनुपर्ने हाम्रो माग कायम छ । सरकारले संसदको अवरोध खुलाउने संकेत देखाएको छैन । हाम्रो माग पूरा नभएसम्म सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिँदैनौँ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले कांग्रेस सहकारी ठगीमा छानबिन समिति गठन हुनुपर्ने मागमा अडिग रहेको उनको भनाइ छ । ‘संसदको गतिरोध अन्त्य नहोस् भनेर सरकारले नै चाहेको हो कि भन्ने हाम्रो निष्कर्ष हो । हाम्रो जे निर्णय हो त्यो यथावत् हो’, उनले भने ।

नीति तथा कार्यक्रम वा अरू जे भए पनि पार्टीले संसद् अगाडि बढ्न नदिने उनको भनाइ छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । त्यसका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
445SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?