National life

रास्वपाका बागमती प्रदेश उपसभापतिको राजीनामा, उम्मेदवार चयनमा चलखेल भएको आरोप

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०७ फागुन २०८२, बिहिबार
815Shares
रास्वपाका बागमती प्रदेश उपसभापतिको राजीनामा, उम्मेदवार चयनमा चलखेल भएको आरोप
ncell

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश समितिका उपसभापति दिनेश हुमागाईंले पदबाट राजीनामा दिएका छन्। रास्वपाको उम्मेदवार चयन प्रक्रिया र पार्टी नेतृत्वमा प्रश्न उठेका कारण पार्टी छोडेको हुमागाईंले बताए।

पार्टीले सीमित समूहका व्यक्तिहरूलाई प्राथमिकता दिएको र सामान्य सदस्य वा प्रतिभाशाली उम्मेदवारलाई अवसर नदिएको उनको आरोप छ। २०७९ को निर्वाचनमा पार्टीले जान्नेलाई छान्ने नारा दिएको भएपनि, व्यवहारमा त्यसो नभएको हुमागाईंको गुनासो छ।

Royal Enfield
nic asia capital

उनले यसअघि २०७९ मा काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यका लागि रास्वपाबाट उम्मेदवारी दिएका थिए र १०,५७३ मत पाएर तेस्रो स्थानमा आएका थिए। यस पटक भने उनलाई रास्वपाले टिकट दिएन।

राजीनामापत्रमा हुमागाईँले उल्लेख गरेका छन् : "पार्टीले सुरुमा २०७९ को निर्वाचनमा जान्नेलाई छान्ने भनेको थियो । तर व्यवहारमा तिनै जान्ने, सीमित व्यक्तिहरू, माथिका व्यक्तिहरूलाई चाकडी गर्ने, खुसी पार्ने, वरिपरी घुम्ने (गणेश प्रवृति) पात्रहरूलाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ प्राथमिकता दिइएको छ"।

उनले पार्टी केन्द्रीय संरचना विस्तार गर्दा पारदर्शिता र मापदण्डको पालना नभएको पनि बताए। सदस्यता शुल्क र उम्मेदवार आवेदन शुल्क संकलन भए पनि त्यसको स्पष्ट लेखाजोखा उपलब्ध नगराइनु र प्रदेश तथा स्थानीय तहमा बाँडफाँडका रकम स्पष्ट नदेखिनु गम्भीर विषय भएको उनले उल्लेख गरेका छन्।

हुमागाईंले आन्तरिक लोकतन्त्र नभएको, विधानको उल्लङ्घन, र तल्लो तहका समितिहरूको आवाज बेवास्ता गरिएको आरोप पनि लगाएका छन्। साथै, पार्टी नेतृत्वसँग सम्बन्धित विवाद र न्यायिक प्रक्रियामा रहेका मुद्दाले संगठनको नैतिक आधारमाथि नै प्रश्न उठाएको पनि उनको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
815SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?