काठमाडौं। नेपाली कांग्रेसको नयाँ सभापति गगन थापा विशेष महाधिवेशनबाट चयन भएपछि आज पहिलो पटक पार्टीको केन्द्रीय कार्यालय पुगेका छन्। थापा केही समयअघि मात्रै पार्टी कार्यालय आइपुगेका हुन्।
आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने बताइएको छ। पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूको ठूलो उपस्थिति रहेको छ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशन गत पुस २७ गतेदेखि माघ १ गतेसम्म सञ्चालन भएको थियो, जसबाट गगन थापा सभापति चयन भएका थिए।
उपसभापति भुसालका अनुसार, सभापति थापासहित सबै पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक बस्नेछ। बैठकपछि थापाले चुनाव प्रचारको लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम तय गरेका छन्।































