National life

१५ अर्बभन्दा बढीको आईपीओ निष्कासनको तयारी : सेबोनमा ८९ कम्पनी पाइपलाइनमा 

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०४ चैत २०८२, बुधबार
1.1kShares
१५ अर्बभन्दा बढीको आईपीओ निष्कासनको तयारी : सेबोनमा ८९ कम्पनी पाइपलाइनमा 
ncell

काठमाडौं। सार्वजनिक शेयर निष्काशन (आईपीओ)को तयारीमा रहेका कम्पनीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)का अनुसार हाल ८९ कम्पनी आईपीओ पाइपलाइनमा रहेका छन्।

सेबोनका तथ्यांकअनुसार क्षेत्रगत रूपमा हेर्दा हाइड्रोपावर क्षेत्र अग्रस्थानमा रहेको छ। कुल ८९ कम्पनीमध्ये ३१ हाइड्रोपावर, १४ होटल तथा पर्यटन, ४ इन्भेस्टमेन्ट, २४ माइक्रोफाइनान्स तथा प्रोसेसिङ, ३ माइक्रो इन्स्योरेन्स र १३ अन्य क्षेत्रका कम्पनीहरू आईपीओ निष्काशन प्रक्रियामा छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाइड्रोपावर क्षेत्रका ३१ कम्पनीले मात्रै करिब १५ अर्ब १४ करोड ६३ लाख रुपैयाँ बराबरको आईपीओ प्रस्ताव गरेका छन्। ती कम्पनीहरूले कुल १४ करोड ७३ लाख ९१ हजार कित्ता शेयर निष्काशनका लागि आवेदन दिँदै हाल बोर्डको स्वीकृतिको प्रतीक्षामा रहेका छन्।






































क्षेत्र                       (क्षेत्रगत विवरण)कम्पनी संख्या
हाइड्रोपावर३१
होटल तथा पर्यटन१४
माइक्रोफाइनान्स/प्रोसेसिङ२४
इन्भेस्टमेन्ट
माइक्रो इन्स्योरेन्स
अन्य१३
कुल८९

यीमध्ये केही कम्पनीहरूले ठूलो परिमाणमा आईपीओ ल्याउने तयारी गरेका छन्। सिउरी न्यादी पावर लिमिटेडले सबैभन्दा ठूलो परिमाणमा ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता शेयर (करिब ३ अर्ब ३ करोड ६० लाख रुपैयाँ बराबर) निष्काशनको प्रस्ताव गरेको छ। त्यसैगरी, युनाइटेड मेवा खोला हाइड्रोपावरले १ करोड २३ लाख कित्ता (१ अर्ब २३ करोड रुपैयाँ) र मेवा डेभलर्पस लिमिटेडले १ करोड १२ लाख कित्ता (१ अर्ब १२ करोड रुपैयाँ) आईपीओ निष्काशनका लागि अनुमति मागेका छन्।

त्यस्तै, भिजन इनर्जी एण्ड पावरले ८३ लाख कित्ता र इलेक्ट्रो पावर कम्पनीले ८१ लाख २५ हजार कित्ता शेयर निष्काशनको प्रस्ताव गरेका छन्। यी कम्पनीहरू पनि ठूलो आकारका आईपीओ ल्याउने समूहमा पर्छन्।

पाइपलाइनमा रहेका अन्य उल्लेखनीय हाइड्रोपावर कम्पनीहरूमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट, आशुतोष इनर्जी, हिटलन हाइड्रो इनर्जी, पुवा खोला वान हाइड्रोपावर, मादमे खोला हाइड्रोपावर, निलगरी खोला हाइड्रोपावर, पिपुल्स इनर्जी लिमिटेड, चम्पावती हाइड्रोपावर, हिम पर्वत हाइड्रोपावर, सेन्चुरी इनर्जी लिमिटेड, हेयाविट्याक पावर र नुम्बुर हिमालयन हाइड्रोपावर लगायतका छन्।

यसका साथै युनाइटेड मेवा खोला हाइड्रोपावर, आरती पावर कम्पनी, म्यादी हाइड्रोपावर, एलसी इनर्जी लिमिटेड, झ्यामोलोङ्गमा हाइड्रोपावर, अर्विट इनर्जी, ह्वाइट लोटस पावर लगायतका कम्पनीहरू पनि पूँजी बजारमा प्रवेशको अन्तिम तयारीमा छन्।

उपलब्ध विवरणअनुसार सिउरी न्यादी पावरले सबैभन्दा बढी शेयर निष्काशन गर्ने योजना बनाएको छ भने युनाइटेड मेवा खोला हाइड्रोपावर र मेवा डेभलर्पस लिमिटेड पनि ठूला आईपीओ ल्याउने सूचीमा छन्। अधिकांश कम्पनीहरूले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य कायम गरेका छन्, यद्यपि सेन्चुरी इनर्जी लिमिटेड र नुम्बुर हिमालयन हाइड्रोपावरको मूल्य संरचनामा केही भिन्नता देखिन्छ।






































































































































क्र.सं.कम्पनीको नाम                           हाइड्रोपावर (३१ कम्पनी)
1सिउरी न्यादी पावर लिमिटेड
2युनाइटेड मेवा खोला हाइड्रोपावर
3मेवा डेभलर्पस लिमिटेड
4भिजन इनर्जी एण्ड पावर
5इलेक्ट्रो पावर कम्पनी
6माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट
7आशुतोष इनर्जी लिमिटेड
8हिटलन हाइड्रो इनर्जी लिमिटेड
9पुवा खोला–वान हाइड्रोपावर
10मादमे खोला हाइड्रोपावर
11निलगिरी खोला हाइड्रोपावर कम्पनी
12पिपुल्स इनर्जी लिमिटेड
13चम्पावती हाइड्रोपावर लिमिटेड
14हिम पर्वत हाइड्रोपावर लिमिटेड
15सेन्चुरी इनर्जी लिमिटेड
16हेयाविट्याक पावर कम्पनी
17नुम्बुर हिमालयन हाइड्रोपावर
18आरती पावर कम्पनी
19म्यादी हाइड्रोपावर
20एलसी इनर्जी लिमिटेड
21झ्यामोलोङ्गमा हाइड्रोपावर
22अर्विट इनर्जी लिमिटेड
23ह्वाइट लोटस पावर
24एपेक्स मकालु हाइड्रोपावर
25गौरिशंकर पावर डेभलपमेन्ट
26सुपर खुडी हाइड्रोपावर
27युनिक हाइडेल कम्पनी
28स्नो रिभर्स लिमिटेड
29सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक
30झापा इनर्जी लिमिटेड
31बुङ्गाल/अन्य थप (सेबोन पाइपलाइनमा सूचीकृत)

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?