National life
cg eloctronics

४ महिनामा भित्रियो ६ खर्ब ८७ अर्ब रेमिटेन्स, कात्तिकमा मात्रै १ खर्ब ३३ अर्ब

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२९ मंसिर २०८२, सोमबार
886Shares
४ महिनामा भित्रियो ६ खर्ब ८७ अर्ब रेमिटेन्स, कात्तिकमा मात्रै १ खर्ब ३३ अर्ब
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ४ महिनामा नेपालमा करिब ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मका लागि कुल ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्ष भित्रिएको रेमिट्यान्स ३१.४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको पछिल्लो चार महिनाको तथ्याङ्कअनुसार कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको हो ।

गत आर्थिक वर्षको कात्तिकमा १ खर्ब १४ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको थियो । गत वर्षको कात्तिक महिनाको तुलनामा यो वर्ष रेमिट्यान्स वृद्धि भएको देखिएको छ ।

राष्ट्र बैंकले जारी गरेको चार महिनाको मासिक प्रतिवेदन अनुसार गएको चार महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।

पछिल्लो चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या बढेकाले रेमिट्यान्स आप्रवाह बढेको हो ।

जसअनुसार चार महिनामा १ लाख ४५ हजार ९ सय ७३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८ सय ३७ रहेको छ ।

गत आर्थिक वर्षको पहिलो चार महिनामा १ लाख ४७ हजार ४ सय ७८ ले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति र ९४ हजार १ सय ५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
886SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?