काठमाडौँ । आफूलाई अभियन्ता भन्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलासले प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको भएको हो।
प्रसाईँसँगै जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो। उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको भन्दै पुर्जी जारी भएको हो।
सरकारले यस अगाडि पनि पटक पटक व्यवसायी प्रसाईको गतिविधि विरुद्ध निगरानी बढाएको थियो । पछिल्लो समय केही कार्यक्रमहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा मनोमानी रूपमा बोल्न थालेपछि उनी प्रहरीको उच्च निगरानीमा परेका थिए ।


































