National life

नयाँ राष्ट्रवादी दल बनाउन सक्रिय राणा–प्रसाईं, जिम्मेवारी बाँडफाँट सुरु

राप्रपाभित्र कार्यकर्तामाथि अनावश्यक कारबाही हुने गरेको आरोप

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|३१ जेठ २०८३, आइतबार
1.3kShares
नयाँ राष्ट्रवादी दल बनाउन सक्रिय राणा–प्रसाईं, जिम्मेवारी बाँडफाँट सुरु
ncell

काठमाडौं । नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका धवलशमशेर राणा र दुर्गा प्रसाईंले संगठन निर्माणलाई तीव्रता दिएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएका राणा र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंको नेतृत्वमा ३१ वटा विभाग गठन गरिएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ती विभागका प्रमुखहरूलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो। जिम्मेवारी दुवै नेताले संयुक्त रूपमा प्रदान गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ संरचनाअन्तर्गत पार्टी एकता, कार्यसम्पादन तथा वार्तासम्बन्धी कार्यदलसहित विभिन्न इकाइहरू गठन गरिएको आयोजकले जनाएको छ। मुकुन्दश्याम गिरी, सगुनसुन्दर लावती, राजु आचार्य, धनश्वर शाही, खड्ग जिसी, ईश्वरीप्रसाद भट्टराई, केशवराज श्रेष्ठ, डा. महेन्द्रजंग शाह, दिलविकास राजभण्डारी लगायतलाई विभिन्न विभागको जिम्मेवारी दिइएको छ।

राणासहितका नेताहरूले जेठ २१ गते राप्रपा परित्याग गरेका थिए। त्यसपछि प्रसाईं समूहसँग सहकार्य गर्दै नयाँ दल निर्माणको प्रक्रिया अघि बढाइएको हो।

कार्यक्रममा बोल्दै राणाले राप्रपाभित्र कार्यकर्तामाथि अनावश्यक कारबाही हुने गरेको आरोप लगाए। साथै, बालेन्द्र शाह नेतृत्वको सरकारप्रति पनि उनले असन्तुष्टि व्यक्त गर्दै छोटो अवधिमै कमजोरी देखिएको टिप्पणी गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?