काठमाडौं। चैत १५ गते राजावादी प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
आज बिहान झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई १२ दिन हिरासतमा राख्न म्याद थप गरेको हो। भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका प्रसाईंलाई शुक्रबार काठमाडौं ल्याइएको हो ।
उनीमाथि ज्यान मार्ने उद्योग, चोरी तथा डकैती, निजी सम्पत्तिको तोडफोड तथा आगजनी, वर्जनिक सम्पत्तिको हानीनोक्सानी, ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण र संगठित अपराध लगिायतका अभियोग लगाउने प्रहरीको तयारी रहेको जनाएको छ ।


































