National life

महानगरले आजदेखि महानगरक्षेत्रका विभिन्न ठाउँमा क्यान्सरको निःशुल्क परीक्षण गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ वैशाख २०८१, बुधबार
600Shares
महानगरले आजदेखि महानगरक्षेत्रका विभिन्न ठाउँमा क्यान्सरको निःशुल्क परीक्षण गर्दै
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज अर्थात् वैशाख ५ गते देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ ।

महानगरपालिकाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने जानकारी दिएको छ । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरको भनाई छ ।

वडा नं ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते, वडा नं २५ र २७, इनबहालमा ७, ९ र १० गते, वडा नं ३, महाराजगन्जमा ११ र १२ गते, वडा नं २६, लैनचौरमा १४ गते, वडा नं २०, भीमसेनस्थानमा १६ गते, वडा नं २१, यंगालमा १७ गते, वडा नं २३, ओमबहालमा १८ गते र वडा नं १५, स्वयम्भूमा २० र २१ गते शिविर हुने मिति तोकिएको छ ।

Royal Enfield
nic asia capital

रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा २३ गते, वडा नं २, लाजिम्पाटमा २४ गते, वडा नं २४, मखनमा २५ गते, वडा नं २२, टेबहालमा २६ गते, वडा नं १८, नरदेवीमा २७ गते, वडा नं १९, कंकेश्वरीमा २८ गते, वडा नं ३२, पाल्पाकोट (छाप्रे), कोटेश्वरमा ३० र ३१ गते  सर्वसाधारणले सेवा लिन पाउनेछन् ।

शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीन भवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?