National life

चोभारमा मात्रै निर्भर हुँदा काठमाडौंमा ठूलो विपत्ति आउन सक्छ : मदनकृष्ण श्रेष्ठ

सुरुङ निर्माण गरेर पानी निकास गर्ने विकल्पको सम्भाव्यता अध्ययन गर्न काठमाडौं महानगरपालिकालाई आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
६ दिन अगाडि|२८ भदौ २०८३, आइतबार
826Shares
चोभारमा मात्रै निर्भर हुँदा काठमाडौंमा ठूलो विपत्ति आउन सक्छ : मदनकृष्ण श्रेष्ठ
ncell

काठमाडौं । काठमाडौं उपत्यकामा जम्मा हुने बाढीको पानी निकास हुने मुख्य मार्ग चोभारमा कुनै अवरोध वा क्षति पुगे त्यसको असर राजधानीले ठूलो विपत्तिका रूपमा भोग्नुपर्ने जोखिम रहेको कलाकार मदनकृष्ण श्रेष्ठले बताएका छन् ।

चोभारको पानी निकास साँघुरो र क्षमताअनुसार पर्याप्त नभएको भन्दै श्रेष्ठले काठमाडौंको बाढी जोखिम न्यूनीकरणका लागि तत्काल वैकल्पिक निकासको व्यवस्था खोज्नुपर्ने सुझाव दिएका छन् । उनले चोभारमा मात्रै निर्भर रहने अवस्थालाई अन्त्य गर्न सुरुङ निर्माण गरेर पानी निकास गर्ने विकल्पको सम्भाव्यता अध्ययन गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् ।

काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले उपत्यकाका विभिन्न दिशाबाट आउने पानी अन्ततः चोभार हुँदै बाहिरिने भएकाले यसको निकास क्षमता बढाउनुपर्ने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘काठमाडौं उपत्यका पनि जोखिममुक्त छैन । यहाँ ठूलो जनघनत्व छ र धेरै ठाउँबाट पानी आएर अन्ततः चोभारतर्फ निकास हुन्छ,’ उनले भने, ‘चोभारको निकास क्षमता पर्याप्त नभए ठूलो विपद् निम्तिन सक्छ ।’

चोभारको जोखिम कम गर्न वैकल्पिक पानी निकासका लागि सुरुङ निर्माणको सम्भावनाबारे अध्ययन गर्नुपर्नेमा जोड दिँदै उनले सम्भावित विपद् आउनुअघि नै दीर्घकालीन समाधान खोज्नुपर्ने बताए ।

उनले चोभारको निकासको चौडाइ र गहिराइ पर्याप्त नभएको उल्लेख गर्दै त्यहाँ कुनै क्षति पुगेमा काठमाडौंमा त्यसको परिणाम भयावह हुन सक्ने चेतावनी दिए ।

श्रेष्ठले पछिल्ला समय बढ्दै गएका बाढीपहिरोका घटनालाई जलवायु परिवर्तनसँग जोड्दै नेपालले यसको गम्भीर असर भोगिरहेको बताए । विकास आवश्यक भए पनि वातावरणीय प्रभावलाई बेवास्ता गर्दै गरिने अव्यवस्थित विकासले विपद्को जोखिम झनै बढाउने उनको भनाइ छ ।

विश्वव्यापी औद्योगिकीकरणसँगै बढेको ग्लोबल वार्मिङको असर नेपालजस्ता मुलुकले समेत भोग्नुपरेको भन्दै श्रेष्ठले विकाससँगै वातावरण संरक्षण र विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

यो समाचार शेयर गर्नुहोस्
826SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?