National life

काठमाडौं महानगरले गर्यो प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२३ कात्तिक २०८२, आइतबार
1.7kShares
काठमाडौं महानगरले गर्यो प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक,र प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ ।

चिसो बढेसँगै फोहोर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै महानगरले यस्ता वस्तु बाल्न रोक लगाएको जानकारी दिएको हो । जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने गरेको छ । ‘प्रदूषण बढ्न यसरी खुला रूपमा बालिने वस्तुको महत्त्वपूर्ण हिस्सा रहेको छ,’ विभाग प्रमुख सरिता राईका अनुसार जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यस्तो निर्णय गरिएको बताएकी छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दमखोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घरोगको सामना गरिरहेका व्यक्तिहरुलाई बढी असर गर्ने गर्छ । ती व्यक्तिसँगै सहरवासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रूपमा त्यस्ता वस्तु नबालेर धुँवा उत्सर्जन घटाउनुपर्नेमा महानगरको जोड रहेको छ ।

महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरे काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ तथा आर्थिक ऐन २०८२ बमोजिम कारबाही हुने विभाग प्रमुख राईको भनाइ छ । यस व्यवस्था बमोजिम प्रतिपटक १० हजार रुपैयाँ जरिबाना हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?