National life
cg eloctronics

इप्पानद्धारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ जेठ २०८१, शुक्रबार
541Shares
इप्पानद्धारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना
ncell

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ ।

खोज र अनुसन्धानमूलक कार्यद्धारा इप्पानलाई थिंक ट्यांकको रुपमा विकास गर्न तथा आफ्नै भवनबाट इप्पानका गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित कोष स्थापना गरिएको हो ।

शुक्रबार काठमाडौमा भएको इप्पानको २२ औं साधारणसभाबाट दुवै कोष स्थापनाको निर्णय पारित भएसँगै औपचारिक रुपमा दुवै कोष स्थापना भएको इप्पानका कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्तले जानकारी दिए ।

‘दूरगामी रुपमा प्रभाव पार्ने खालका २ वटा कोषहरुको दूरदृष्टि, उद्देश्य र प्रस्तावित कार्ययोजनासहित कोष स्थापना गरिएको छ, यसले सदस्यहरुलाई संगठित गर्ने, नीतिगत र कार्यक्रमगत लविङ गर्ने तथा विभिन्न खोज अनुसन्धान गर्ने कामहरु अघि बढ्नेछन् ।’ उनले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनका अनुसार, इप्पान सम्पूर्ण ऊर्जा क्षेत्रको नेतृत्वदायी संगठन भएकोले सम्बन्धित क्षेत्रमा अध्ययन गरी आवश्यक तथ्याङ्क, जानकरी, राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक र विश्लेषणहरु संस्थागत रुपमा संकलन गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको हो ।

तीन करोड रुपैयाँ संकलन गर्ने लक्ष्यसहित स्थापना गरिएको कोषको छुट्टै कार्यविधि बनाई अघि बढ्ने लक्ष्य इप्पानको छ । ऊर्जा प्रवर्द्धक कम्पनी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र निकायहरुबाट रकम संकलन गर्ने लक्ष्य राखिएको कोषको रकमबाट ऊर्जासँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान र प्राज्ञिक कार्य गर्ने लक्ष्य लिइएको छ ।

इप्पानले ऊर्जा क्षेत्रले, सामाजिक, कुल ग्राहस्थ उत्पादन (जीडीपी), बैंक तथा वित्तिय संस्थाले ऊर्जामा गरेको लगानीको अवस्था, ऊर्जाले रोजगारी सृजनामा पुर्‌याएको योगदान, ऊर्जा आयोजनामा सर्वसाधारणको सेयर लगानीको अवस्था, निर्माण सम्पन्न र निर्माणधीन आयोजनाहरुमा देखिएका समस्याहरुको पहिचानसहित ऊर्जासँग सम्बन्धित तथ्य, तथ्यांक र सामाग्रीहरु प्रकाशन लगायतका कार्य गर्ने लक्ष्य राखेको छ ।

शुक्रबार मात्र घोषणा गरिएको कोषमा इप्पानको २२ औं बार्षिक साधारणसभामा सम्मानित भएका पूर्व ऊर्जा सचिव सुमन शर्माले आफूले ऊर्जा ज्योती सम्मान वापत पाएको एक लाख रुपैयाँमा थप एक लाखसहित दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यसैगरी यस कोषमा इप्पान सदस्य टीएन आचार्यले भिजन इनर्जीको तर्फबाट एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । उनले भवन निर्माण कोषमा पनि एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

यसैगरी पाँच बर्षभित्र आफ्नै जग्गा खरिद गरेर भवन निर्माण गर्ने लक्ष्यसहित स्थापना गरिएको जग्गा तथा भवन निर्माण कोषका लागि छुट्टै कार्यविधि र भवन निर्माण समिति गठन गरिने कोषाध्यक्ष पन्तले जानकारी दिए ।

‘संस्स्थाको सदस्य संख्या ऊर्जा क्षेत्रमा भएको महत्वपूर्ण लगानी, सरकारले यसलाई दिएको प्राथमिकता र दीर्घकालीन रणनीतिक वस्तु भएको सन्दर्भमा यसको नेतृत्वदायी सँस्था इप्पानको आफ्नै भवन बनाउनु आवश्यकता रहेकोले कोष स्थापना गरेका हौ ।’ उनले भने ।

भवन निर्माणका लागि यस अघि इप्पान पूर्व अध्यक्ष डा सुवर्णदास श्रेष्ठले दुई लाख तथा अन्य विभिन्न स्रोतबाट जम्मा नभएको ३४ लाख रुपैयाँसमेत यसै कोषमा राखिने इप्पानले जनाएको छ । भवन निर्माणका लागि शुक्रवारको वार्षिक साधारणसभामा इप्पान सदस्य कूबेरमणि नेपालले आफ्नो जलविद्युत कम्पनीबाट २ लाख, नविन सिलवालले ठूलो खोला र टक्सार जलविद्युत कम्पनीबाट दुई लाख र इप्पान सदस्य टीएन आचार्यले भिजन इनर्जीको तर्फबाट एक लाख रुपैयाँ भवन निर्माणको लागि सहयोगको घोषणा गरिसकेका छन् ।

इप्पान अध्यक्ष गणेश कार्कीले कार्यविधि बनाएपछि इप्पान पदाधिकारी र कार्य समितिबाट दुवै कोषमा सहायता संकलन गर्नुका साथै सबै ऊर्जा प्रवर्द्धक कम्पनीहरुबाट सहायता लिएर अध्ययन अनुसन्धान तथा भवन निर्माणको कार्य अघि बढाउने बताए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
541SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?