National life

स्थानीयलाई जलविद्युत सेयर अंकित मूल्यमा दिन इप्पानको आग्रह

प्रिमियममा सेयर ननिकाल्न इप्पानको चेतावनी, स्थानीयको पहुँच सीमित हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१७ साउन २०८३, आइतबार
2.7kShares
स्थानीयलाई जलविद्युत सेयर अंकित मूल्यमा दिन इप्पानको आग्रह
ncell

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रभावित स्थानीय बासिन्दालाई सेयर अंकित मूल्यमै उपलब्ध गराउन आग्रह गरेको छ। केही जलविद्युत कम्पनीहरूले स्थानीयका लागि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने विषयमा छलफल गरिरहेको सन्दर्भमा इप्पानले यस्तो धारणा सार्वजनिक गरेको हो।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले प्रेस विज्ञप्ति जारी गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ ले स्थानीय बासिन्दालाई लाभान्वित गराउने उद्देश्यले १० प्रतिशत सेयर छुट्याउने व्यवस्था गरेको जनाएका छन् । सो व्यवस्थाअनुसार स्थानीयलाई प्रति कित्ता १०० रुपैयाँकै दरमा सेयर उपलब्ध गराइनुपर्ने इप्पानको जोड छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संस्थाले जलविद्युत आयोजना केवल लगानीको माध्यम मात्र नभई स्थानीय समुदायसँगको सहकार्य र साझेदारीमा आधारित विकासको अभियान भएको उल्लेख गरेको छ। आयोजना निर्माणका क्रममा स्थानीयले विभिन्न किसिमका प्रभाव र असुविधा भोग्ने भएकाले उनीहरूलाई स्वामित्वमा सहभागी गराउन सेयरको व्यवस्था गरिएको इप्पानले जनाएको छ।

इप्पानले यदि स्थानीयलाई प्रिमियम मूल्यमा सेयर निष्काशन गरिएमा उनीहरूको पहुँच सीमित हुने, अपनत्वको भावना कमजोर हुने तथा आयोजना र समुदायबीचको विश्वासमा नकारात्मक असर पर्ने ठहर गरेको छ।

अंकित मूल्यमा सेयर उपलब्ध गराउँदा स्थानीय समुदाय आयोजना प्रति थप जिम्मेवार र सहभागी बन्ने, सामाजिक विवाद तथा अवरोध कम हुने र आयोजनाहरू समयमै सम्पन्न गर्न सहयोग पुग्ने विश्वास इप्पानले व्यक्त गरेको छ। यसले स्थानीय स्तरमा आर्थिक सशक्तीकरण र दीर्घकालीन लाभ सुनिश्चित गर्ने पनि उल्लेख गरिएको छ।

इप्पानले नेपाल सरकार, नियामक निकाय तथा प्रवद्र्धक कम्पनीहरूलाई स्थानीयको हितलाई प्राथमिकतामा राख्दै अंकित मूल्यमा सेयर उपलब्ध गराउने नीति कायम राख्न आग्रह गरेको छ। साथै, सेयर निष्काशन प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन तथा जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण सुदृढ गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

संस्थाले सेयर निष्काशनमा भइरहेको ढिलाइका कारण आयोजनाहरूले भोगिरहेका समस्या समाधानका लागि पनि आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेको छ।

यो साउन १७ गते जारी गरेका हुन्।

यो समाचार शेयर गर्नुहोस्
2.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?