National life

इप्पानद्वारा शान्ति, सद्भाव र लगानीमैत्री वातावरण कायम राख्न अपिल

ऊर्जा विकासका लागि सामाजिक एकता अपरिहार्य : इप्पान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१५ साउन २०८३, शुक्रबार
1.4kShares
इप्पानद्वारा शान्ति, सद्भाव र लगानीमैत्री वातावरण कायम राख्न अपिल
ncell

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका सामाजिक तनाव तथा अशान्तिप्रति गम्भीर चासो व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, संयमता, आपसी सद्भाव र सामाजिक एकता कायम राख्न आग्रह गरेको छ।

इप्पानका अध्यक्ष मोहन कुमार डाँगीद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाल विविध भाषा, धर्म, संस्कृति र समुदायबीचको सहिष्णुता र सहअस्तित्वका कारण विश्वमै परिचित रहेको उल्लेख गर्दै यस्ता विशेषताहरू जोगाइ राख्नु सबैको साझा दायित्व भएको बताइएको छ। कुनै पनि विवाद वा असहमति संवाद, वार्ता तथा संवैधानिक र कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा इप्पानले जोड दिएको छ।

विज्ञप्तिमा ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा उल्लेख गर्दै विद्युत आयोजना निर्माणमा निजी क्षेत्रले देशभर स्थानीय समुदायसँग सहकार्य गर्दै लगानी, रोजगारी र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्ता आयोजनाहरू सफल बनाउन शान्ति, स्थिरता र सुरक्षित लगानी वातावरण अपरिहार्य हुने इप्पानको भनाइ छ।

इप्पानले सामाजिक अशान्ति, हिंसा, तोडफोड, बन्द तथा अवरोधका गतिविधिले आयोजना निर्माणमा प्रत्यक्ष असर पार्ने, लगानीकर्ताको मनोबल घटाउने तथा उत्पादन लागत वृद्धि गर्ने चेतावनी दिएको छ। यस्ता अवस्थाले समग्र अर्थतन्त्र, स्थानीय समुदाय तथा श्रमिक वर्गमा नकारात्मक प्रभाव पर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

साथै, मुलुकको अर्थतन्त्रलाई गति दिन निजी तथा सार्वजनिक लगानी विस्तार, रोजगारी सिर्जना र ऊर्जा उत्पादन वृद्धि आवश्यक रहेको उल्लेख गर्दै इप्पानले सरकार र सम्बन्धित निकायसँग उद्योग–व्यवसाय, विद्युत आयोजना तथा पूर्वाधारको सुरक्षाको प्रभावकारी व्यवस्था गर्न आग्रह गरेको छ।

इप्पानले नागरिक समाज, निजी क्षेत्र, स्थानीय समुदाय र सरोकारवाला निकायहरूबीच सहकार्य र संवाद बढाएर सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्न पनि आह्वान गरेको छ। शान्तिपूर्ण, सुरक्षित र सद्भावपूर्ण वातावरण नै दिगो आर्थिक समृद्धि र समुन्नत नेपालको आधार हुने विश्वास संस्थाले व्यक्त गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?