Register here: https://forms.gle/LDJN16ffNrd3mWZD7
काठमाडौँ। लगानीकर्ताको वित्तीय ज्ञान र व्यवहारिक सीप अभिवृद्धि गर्ने उद्देश्यका साथ SMART Growth Ventures Pvt. Ltd. द्वारा सञ्चालित SMART Friday Insight Series निरन्तर लोकप्रिय हुँदै आफ्नो पाँचौँ एपिसोड (Episode–05) मा प्रवेश गर्न लागेको छ।
यस पटकको विषय “SIP Investing in Nepal” रहनेछ, जहाँ NEPSE Alpha का वरिष्ठ इक्विटी रिसर्च तथा डेटा एनालिटिक्स प्रमुख राजीव महर्जन वक्ता रहनेछन्।
कार्यक्रम यही शुक्रबार, माघ १६ गते (January 30, 2026) साँझ ६:३० देखि ८:०० बजे सम्म Google Meet र YouTube Live मार्फत प्रत्यक्ष प्रशारण हुनेछ।
कार्यक्रमले Systematic Investment Plan (SIP) सम्बन्धी व्यावहारिक बुझाइ, यसको सञ्चालन पद्धति र नेपालमा यसको सम्भावनाबारे गहन छलफल गर्नेछ। साना रकमबाट सुरु गरी नियमित लगानीद्वारा दीर्घकालीन सम्पत्ति निर्माण गर्ने उपाय र SIP लाई नेपालमा कसरी प्रभावकारी रूपमा लागू गर्न सकिन्छ भन्ने विषयमा वक्ता महर्जनले जानकारी गराउने छन्।
SMART Friday Insight Series, SMART को “Contribute and Get Benefitted Model” अन्तर्गत सञ्चालन भएको साझा सिकाइ प्लेटफर्म हो, जसले लगानीकर्तालाई सिकाइसँगै आत्मविकास र अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।
अघिल्ला एपिसोडहरूको झलक :
SMART Friday Insight Series ले विगतका चार एपिसोडमार्फत लगानीकर्तामा वित्तीय सचेतना र व्यावहारिक ज्ञान अभिवृद्धि गर्दै आएको छ।
- Ep.01: Use of Collateral Smartly — CA मनिष अर्याल, CEO, Citizens Stock Broker (Broker No. 91)
Social Link : https://linktr.ee/SMARTNEPSE




































