National life

सेयर बजारमा म्युचुअल फन्डको ६८ अर्ब लगानी; १ महिनामै १.७७ अर्ब थपियो

पछिल्ला महिनाहरुमा बजारले अपेक्षित गति लिन नसके पनि संस्थागत लगानीकर्ताहरु भने बजारप्रति आशावादी देखिएका छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१८ असार २०८३, बिहिबार
10.6kShares
सेयर बजारमा म्युचुअल फन्डको ६८ अर्ब लगानी; १ महिनामै १.७७ अर्ब थपियो
ncell

काठमाडौं । सेयर बजार अपेक्षाकृत दबाबमा रहेका बेला सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरुले भने बजारमा आफ्नो लगानी बढाएका छन् । जेठ महिनासम्म म्युचुअल फन्डहरुले सूचीकृत कम्पनीहरुको सेयरमा ६८ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेका छन्।

यो वैशाखको तुलनामा १ अर्ब ७६ करोड ७५ लाख रुपैयाँ बढी हो । वैशाखसम्म फन्डहरुको कुल लगानी ६६ अर्ब ५९ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एक महिनाको अवधिमा फन्डहरुको लगानी २.६५ प्रतिशतले बढेको देखिएको छ।

तथ्यांकअनुसार अधिकांश फन्डहरुले जेठमा सेयर बजारमा आफ्नो लगानी विस्तार गरेका छन् । पछिल्ला महिनाहरुमा बजारले अपेक्षित गति लिन नसके पनि संस्थागत लगानीकर्ताहरु भने बजारप्रति आशावादी देखिएका छन्।

नयाँ सरकार गठनपछि बजारले नयाँ उचाइ बनाउने अपेक्षा गरिएको भए पनि त्यस्तो हुन सकेको छैन। यद्यपि दीर्घकालीन सम्भावनालाई ध्यानमा राख्दै फन्ड व्यवस्थापकहरुले बजारमा लगानी बढाएको विश्लेषण गरिएको छ ।

बजार विश्लेषकका अनुसार म्युचुअल फन्डहरुले लगानी बढाउनु बजारप्रतिको दीर्घकालीन विश्वासको संकेत हो। उनीहरुका अनुसार सामान्य लगानीकर्ता बजार घट्दा डराएर बिक्रीतर्फ लाग्ने भए पनि संस्थागत लगानीकर्ताले मूल्य आकर्षक भएको बेला खरिद बढाउने रणनीति अपनाउने गर्छन्।

"म्युचुअल फन्डहरुको सेयर बजारमा लगानी बढ्नु सकारात्मक संकेत हो। फन्ड व्यवस्थापकहरुले तत्कालको उतारचढावभन्दा दीर्घकालीन सम्भावना हेरेर लगानी गर्ने भएकाले बजारमा अवसर देखेका हुन," एक मर्चेन्ट बैंकरले भने ।

 उनका अनुसार बजारमा संस्थागत लगानीकर्ताको हिस्सा बढ्दै जानु स्वस्थ बजार विकासका लागि आवश्यक मानिन्छ। "रिटेल लगानीकर्ताको तुलनामा संस्थागत लगानीकर्ताले ठूलो पूँजी परिचालन गर्न सक्छन्। त्यसैले यस्ता फन्डहरुको सक्रियता बढ्नुले बजारमा स्थायित्व र विश्वास बढाउन मद्दत गर्छ।"

जेठसम्म आइपुग्दा ५७ वटा म्युचुअल फन्डले सेयर बजारमा ६८ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन्। तीमध्ये २५ वटा फन्डको लगानी मात्र ४५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ।

 सबैभन्दा धेरै लगानी एनआईबीएल सहभागिता फन्डको रहेको छ। उक्त फन्डले ८ अर्ब ७४ करोड रुपैयाँ सूचीकृत कम्पनीहरुको सेयरमा लगानी गरेको छ। दोस्रो स्थानमा रहेको एनएमबी सरल बचत फन्ड–ई को लगानी ४ अर्ब ४२ करोड रुपैयाँ रहेको छ।

त्यसपछि सिद्धार्थ सिस्टेमेटिक इन्भेष्टमेन्ट स्किमले २ अर्ब ८७ करोड रुपैयाँ, एचएलआई लार्ज क्याप फन्डले २ अर्ब ६५ करोड रुपैयाँ तथा नबिल फ्लेक्सी क्याप फन्डले २ अर्ब १४ करोड रुपैयाँ लगानी गरेका छन्।

प्रभु सेलेक्ट फन्डको लगानी १ अर्ब ६३ करोड रुपैयाँ, प्रभु स्मार्ट फन्डको १ अर्ब ४६ करोड रुपैयाँ तथा नेपाल लाइफ समृद्धि लगानी योजनाको १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ।

त्यस्तै, कुमारी धनवृद्धि योजनाले १ अर्ब ३७ करोड रुपैयाँ, सिद्धार्थ इक्विटी फन्डले १ अर्ब ३६ करोड रुपैयाँ, ग्लोबल आइएमई समुन्नत योजना–२ ले १ अर्ब २७ करोड रुपैयाँ, एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ ले १ अर्ब २७ करोड रुपैयाँ तथा एनआईसी एशिया डाइनामिक डेब्ट फन्डले १ अर्ब २३ करोड रुपैयाँ लगानी गरेका छन्। गरिमा समृद्धि योजनाको लगानी १ अर्ब २२ करोड रुपैयाँ रहेको छ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले १ अर्ब १९ करोड रुपैयाँ, एनआईबीएल समृद्धि फन्ड–२ ले १ अर्ब १८ करोड रुपैयाँ, सिटिजन्स सन्तुलित योजनाले १ अर्ब १५ करोड रुपैयाँ, मुक्तिनाथ म्युचुअल फन्ड–१ ले १ अर्ब १२ करोड रुपैयाँ तथा रिलायबल समृद्धि योजना र कुमारी सुनौलो लगानी योजनाले समान १ अर्ब ११ करोड रुपैयाँ लगानी गरेका छन्।

आरबीबी म्युचुअल फन्ड–१ र एनआईसी एशिया सेलेक्ट–३० को लगानी १ अर्ब ८ करोड रुपैयाँ हाराहारी रहेको छ। ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ ले १ अर्ब ७ करोड रुपैयाँ, आरबीबी फोकस–४० ले १ अर्ब ४ करोड रुपैयाँ तथा सनराइज ब्लुचिप फन्डले १ अर्ब ३ करोड रुपैयाँ लगानी गरेका छन्।

यता मेगा म्युचुअल फन्ड–१ को लगानी ९९ करोड ८१ लाख रुपैयाँ, नबिल ब्यालेन्स्ड फन्ड–३ को ९९ करोड २२ लाख रुपैयाँ, एनएमबी–५० को ९८ करोड ७१ लाख रुपैयाँ, एनआईबीएल ग्रोथ फन्डको ९७ करोड ३१ लाख रुपैयाँ तथा सानिमा लार्ज क्याप फन्डको ९७ करोड १६ लाख रुपैयाँ रहेको छ।

सबैभन्दा कम लगानी गर्ने योजनामध्ये माछापुच्छ्रे एसआईपी योजनाको लगानी ३० करोड १३ लाख रुपैयाँ, एनआई–३१ को ३० करोड ७ लाख रुपैयाँ, गरिमा सुवर्ण योजनाको ३८ करोड ४ लाख रुपैयाँ तथा सानिमा फ्लेक्सी फन्डको ३८ करोड ७२ लाख रुपैयाँ रहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
10.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?