National life

एमएमबि क्यापिटलको आजदेखि ‘एनएमबि हाइब्रिड फन्ड एल–२’ को बिक्री खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ माघ २०८१, बिहिबार
756Shares
एमएमबि क्यापिटलको आजदेखि ‘एनएमबि हाइब्रिड फन्ड एल–२’ को बिक्री खुला
ncell

काठमाडौं । एमएमबि क्यापिटलले आज माघ २४ गते बिहीबारदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत ‘एनएमबि हाइब्रिड फन्ड एल–२’ को १२ करोड इकाई बिक्री खुला गरेको हो । प्रतिइकाई १० रुपैयाँको दरले उक्त योजना निष्कासन भएको हो ।

जसमध्ये कुल योजनाको आकारमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवर्धक एनएमबि बैंक र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटलले खरिद गर्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बाँकी रहेको १० करोड २० लाख इकाई सर्वासाधरको लागि सार्वजनिक निष्कासन भएको छ ।

यसमा न्यूनतम १०० इकईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा माघ २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

एमएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने यो म्युचुअल फन्ड बन्दमुखी योजना हो । यसको अवधि १० वर्ष रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
756SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?