National life

म्युचुअल फन्डहरुमाथि अंकुश : अब आईपीओको सेयर ६ महिनासम्म बेच्न नपाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ कात्तिक २०८०, मङ्गलबार
792Shares
म्युचुअल फन्डहरुमाथि अंकुश : अब आईपीओको सेयर ६ महिनासम्म बेच्न नपाउने
ncell

काठमाडौं । अबदेखि म्युचुअल फण्डहरुले आईपीओको सेयर ६ महिनासम्म बेच्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरुलाई सेयर निष्काशन तथा बाडफाँट भएको ६ महिनासम्म आईपीओको त्यस्तो सेयर बेच्न वा नामसारी गर्न नपाउने निर्णय गरेको हो ।

बोर्डले कात्तिक २१ गतेदेखि नै लागु हुने गरि निष्काशन तथा बाडफाँट भएको ६ महिनासम्म म्युचुअल फण्डहरुलाई सेयर बेच्न रोक लगाउने निर्णय गरेको हो । तर म्युचअल फण्डहरुको योजना अवधी नै समाप्त हुने वा योजना खारेज हुने अवस्थामा भने ६ महिनाको क्याप लागु हुने छैन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल सार्वजनिक निष्काशन हुने कम्पनीहरुको कुल निष्काशनको पाँच प्रतिशत सेयर म्युचुअल फण्डहरुले आरक्षणमा पाउँदै आएका छन् । त्यस्तो सेयर सूचिकृत हुने वित्तिकै बेचेर फण्डहरु निस्कन थालेको र त्यसले सेयर बजार घटाएको आरोप लागिरहेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
792SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?