National life

म्युचुअल फन्डको शेयर बजारमा लगानी २३ अर्ब १२ करोड, बैंक मौज्दात कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ असोज २०८०, शुक्रबार
980Shares
म्युचुअल फन्डको शेयर बजारमा लगानी २३ अर्ब १२ करोड, बैंक मौज्दात कति ?
ncell

काठमाडौं । नेप्सेमा सूचीकृत ३६ म्युचुअल फन्डहरुले भदौ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार यिनीहरुले शेयर बजारमा २३ अर्ब १२ करोड ६६ लाख रुपैयाँ बराबरको रकम लगानी गरेका छन् ।

यसमध्ये सबै भन्दा धेरै सिद्धार्थ इक्विटी फन्डले १ अर्ब १३ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ । त्यसैगरी, सानिमा इक्विटी फन्डले १ अर्ब ९ करोड ४८ लाख र एनएमबि-५० ले १ अर्ब ३ करोड रुपैयाँ बराबरको लगानी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, भदौ मसान्तसम्म सबैभन्दा धेरै न्याभ सानिमा इक्विटी फन्डको देखिएको छ । यसको न्याभ १२ रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै, सनराइज फर्स्टको १२ रुपैयाँ ६५ पैसा बराबरको न्याभ रहेको छ ।

सबैभन्दा कम मेगा म्युचुअल फन्ड–१ को ८ रुपैयाँ ६३ पैसाको न्याभ रहेको छ । म्युचुअल फन्डहरुले ७ अर्ब १४ करोड रुपैयाँ बैंक मौज्दात राखेका छन् । यसअवधिमा सबैभन्दा धेरै लक्ष्मी भ्याल्यू फन्ड-२ को ६१ करोड २८ लाख रुपैयाँ बराबरको बैंक मौज्दात रहेको छ । सबैभन्दा कम सिटिजन्स म्युचुअल फन्ड-२ को२ करोड ३४ लाख रुपैयाँ बराबरको बैंक मौज्दात देखिएको छ ।

त्यस्तै, सबैभन्दा धेरै नाफा एनआइसी एसिया ग्रोथ फन्डले गरेको छ । यो फन्डले ४ करोड ६८ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । तर समग्रमा यिनीहरुले १ अर्ब ४८ करोड ५३ लाख रुपैयाँ घाटा व्यहोरेका छन् । म्युचुअल फन्डहरुले शेयर बजारमा लगानी गरेका हुन्छन । त्यसैले बजारको उतारचढाव सँगै यिनीहरुको नाफामा उतारचढाव आउँछ ।

यो समाचार शेयर गर्नुहोस्
980SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?