National life

आज ‘सिटिजन्स सन्तुलित योजना’को इकाई खरिदका लागि आवेदन दिने अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१८ पुस २०८२, शुक्रबार
1.2kShares
आज ‘सिटिजन्स सन्तुलित योजना’को इकाई खरिदका लागि आवेदन दिने अन्तिम दिन
ncell

काठमाडौँ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सन्तुलित योजना’को इकाई बिक्रीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सिटिजन्स बैंक कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हो ।

कुल निष्कासनमध्ये बीज पूँजीबापत १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनललाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाई गत पुस ४ गतेदेखि सर्वसाधारणहरुमा निष्कासन गरिएको थियो ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यो योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यािपटल लिमिटेड रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?