National life

आज साँझ मन्त्रिपरिषद् बैठक आह्वान , १०० दिने कार्यसूचीको कार्यान्वयन बारे छलफल हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१६ चैत २०८२, सोमबार
1.4kShares
आज साँझ मन्त्रिपरिषद् बैठक आह्वान , १०० दिने कार्यसूचीको कार्यान्वयन बारे छलफल हुने
ncell

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ४ः ३० बजे सिंहदरबारमा बस्ने तय भएको छ।

बैठकको औपचारिक एजेन्डा सार्वजनिक नगरिए पनि समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा महत्वपूर्ण निर्णय हुन सक्ने अपेक्षा गरिएको छ। नयाँ सरकार गठनसँगै तीव्र गतिमा अघि बढाइएका नीतिगत कार्यक्रम, शासकीय सुधारका पहल तथा विभिन्न क्षेत्रका प्राथमिकताबारे विस्तृत छलफल हुने स्रोतले जनाएको छ।

Royal Enfield
nic asia capital

सरकारको १०० दिने कार्यसूचीको कार्यान्वयन प्रगति,आर्थिक तथा प्रशासनिक सुधारका एजेन्डा, साथै विभिन्न मन्त्रालयहरूको कार्यसम्पादनको समीक्षा बैठकका प्रमुख विषय बन्न सक्ने अनुमान गरिएको छ। साथै, सेवा प्रवाह सुधार, सुशासन अभिवृद्धि र विकास कार्यक्रमलाई गति दिने विषयमा समेत ठोस निर्णयहरू आउन सक्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?