National life

यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
९ दिन अगाडि|२५ भदौ २०८३, बिहिबार
1.3kShares
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
ncell

काठमाडौं । मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । 

त्यस्तै, भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद्ले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृतिसमेत दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै,काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै, शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल, सदस्यमा रामशरण सापकोटा तथा महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय भएको छ।

बैठकले सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरेको छ।

त्यसैगरी, सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?