National life

सरकारले १३ देशका लागि राजदूत सिफारिस गर्‍यो, कुन देशमा कसलाई पठाइँदै ?

राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्यो, १३ देशमा कुन–कुन नाम सिफारिस ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ दिन अगाडि|०२ असोज २०८३, शुक्रबार
850Shares
सरकारले १३ देशका लागि राजदूत सिफारिस गर्‍यो, कुन देशमा कसलाई पठाइँदै ?
ncell

काठमाडौं । सरकारले विभिन्न १३ देशका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ वटा मुलुकका लागि राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । यसअघि सरकारले भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, दक्षिण कोरिया, इजरायल र अस्ट्रियालगायत मुलुकमा राजदूत नियुक्तिका लागि आवेदन मागेको थियो ।

सरकारका अनुसार विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका तथा नेतृत्व र अन्य क्षेत्रमा अनुभव भएका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सिफारिस भएका प्रस्तावित राजदूतहरूको नाम अब संसदीय सुनुवाइका लागि पठाइनेछ । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट सहमति अर्थात् अग्रिमो माग्ने प्रक्रिया अघि बढ्नेछ ।

सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले प्रस्तावित व्यक्तिलाई सम्बन्धित देशका लागि नेपालको राजदूतमा नियुक्त गर्ने संवैधानिक प्रक्रिया छ ।

सरकारले यसपटक २२ वटा रिक्त कूटनीतिक नियोगमध्ये १३ देशका लागि राजदूत सिफारिस गर्ने तयारी गरेको थियो । पछिल्लो समय विभिन्न नेपाली कूटनीतिक नियोग राजदूतविहीन रहेका छन् ।

प्रस्तावित राजदूतहरू

१. डा. निश्चलनाथ पाण्डे — भारतका लागि प्रस्तावित राजदूत

२. डा. कल्याणराज शर्मा — चीनका लागि प्रस्तावित राजदूत

३. चिरनजंग थापा –संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत

४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा — संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत

५. जिग्यान कुमार थापा – जापानका लागि प्रस्तावित राजदूत

६. सुरेशकुमार कर्ण – इजरायलका लागि प्रस्तावित राजदूत

७. प्राप्ति शेरचन – स्पेनका लागि प्रस्तावित राजदूत

८. शरू जोशी — जर्मनीका लागि प्रस्तावित राजदूत

९. डा. पद्माक्षी राणा — ओमानका लागि प्रस्तावित राजदूत

१०. चूडामणि खरेल — मलेसियाका लागि प्रस्तावित राजदूत

११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत

१२. डा. मंचला झा — श्रीलंकाका लागि प्रस्तावित राजदूत

१३. गिरीबहादुर सुनार — साउदी अरेबियाका लागि प्रस्तावित राजदूत

यो समाचार शेयर गर्नुहोस्
850SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?