National life

एफएनसीसीआईको निर्वाचन अन्तिम समयमा आएर अनिश्चित, अदालतले लायो रोक

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२६ चैत २०८२, बिहिबार
915Shares
एफएनसीसीआईको निर्वाचन अन्तिम समयमा आएर अनिश्चित, अदालतले लायो रोक
ncell

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा र नयाँ नेतृत्व चयन प्रक्रिया अन्तिम समयमा आएर अनिश्चित भएको छ। पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गर्दै चैत २९ र ३० गतेका लागि तय गरिएको साधारणसभा र निर्वाचन रोक्न निर्देशन दिएपछि महासंघको नेतृत्व चयनमा अनिश्चितता सिर्जना भएको हो।

अदालतले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै, सदस्यता विवाद समाधान नभएसम्म साधारणसभा गर्न नहुने स्पष्ट आदेश दिएको हो।

न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको इजलासले उच्च अदालत नियमावली, २०७३ को नियम ४२ अनुसार अन्तरिम आदेश जारी गरेको जनाएको छ।

Royal Enfield
nic asia capital

यो विवाद पेट्रोलियम ढुवानी व्यवसायी महासंघको सदस्यता सम्बन्धमा केन्द्रित छ। महासंघले आफूलाई सदस्यता नदिइ साधारणसभा अघि बढाइएको भन्दै अदालतमा रिट दायर गरेको थियो।

गत वर्षको ५९ औँ साधारणसभामा उक्त संस्था सदस्यको रूपमा सहभागी भएको भए पनि यस पटक सदस्यता सुनिश्चित नगरी निर्वाचन प्रक्रिया अघि बढाइएकोमा आपत्ति जनाइएको हो।

यो समाचार शेयर गर्नुहोस्
915SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?