National life

काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्छौँ : अर्थमन्त्री मास्की

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ माघ २०८०, शनिबार
567Shares
काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्छौँ : अर्थमन्त्री मास्की
ncell

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्ने बताएका छन् । दाङको बबई गाउँपालिका(५ स्थित जौबारीमा रहेको जनश्रम सरस्वती आधारभूत विद्यालयको १८ औँ वार्षिकोत्सवलाई शुक्रबार सम्बोधन गर्दै उनले ठेकेदारहरूले पनि विकासमा विलम्ब गर्ने गरेको बताएका हुन् ।

‘काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्छौँ,’ उनले भने, ‘बजेट पाएर पनि काम नगर्ने ठेकेदारले गर्दा पनि विकासमा असर गर्ने गरेको छ ।’ विकट गँगटे पुग्नका लागि अहिले पाँच किलोमिटर क्षेत्र कालोपत्रे र बाँकी ग्राभेलको काम भइरहेको समेत बताए ।

Royal Enfield
nic asia capital
साथै गंगटेमा प्रहरी चौकी स्थापनाका लागि बजेट विनियोजन भइसकेकाले त्यहाँ प्रहरी पोस्ट स्थापना गर्ने तयारी रहेको समेत उनले जानकारी दिए ।

जुन ठाउँ विकट छ, त्यहाँको विकास भएमात्रै समग्र दाङको विकास भएको मान्न सकिने भन्दै पश्चिम दाङको विकास का लागि आफू लागेको उनको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?