National life

कैलाश हेलिकोप्टरले ३ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ माघ २०८०, बुधबार
427Shares
कैलाश हेलिकोप्टरले ३ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने
ncell

काठमाडौं। कैलाश हेलिकोप्टर सर्भिसेस् लिमिटेडले आइपीओ जारी गर्ने भएको छ। कम्पनीले ३ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो।

कम्पनीको जारी पूँजी हाल ३५ करोड छ। कम्पनीले आइपीओ प्रिमियम मूल्यमा जारी गर्ने बताएको छ।

Royal Enfield
nic asia capital
आइपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

दुई कम्पनीबीच बुधबार यससम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कैलाश हेलिकोप्टरका तर्फबाट प्रबन्ध सञ्‍चालक प्रतापजंग पाण्डे र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

साढे ५ वर्षअघि सञ्‍चालनमा आएको कम्पनीसँग ३ वटा हेलिकोप्टर छन्। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश बाँडेको थियो। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख रुपैयाँ पुगेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।

कम्पनी आफ्नो पुँजी वृद्धि गरी तीन वर्षभित्र थप २ वटा हेलिकोप्टर किन्‍ने योजनामा छ।

यो समाचार शेयर गर्नुहोस्
427SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?