National life

निजी क्षेत्र कर तिर्ने निकाय मात्र होइन, देशको आर्थिक इन्जिन हो : राष्ट्रपति पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२७ चैत २०८२, शुक्रबार
996Shares
निजी क्षेत्र कर तिर्ने निकाय मात्र होइन, देशको आर्थिक इन्जिन हो : राष्ट्रपति पौडेल
ncell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा मात्र नभई राष्ट्र निर्माणको अभिन्न साझेदार र देशको ‘आर्थिक इन्जिन’ का रूपमा हेर्नुपर्ने बताएका छन् ।

आज नेपाल चेम्बर अफ कमर्सको ७५ औँ हीरक जयन्ती वर्ष तथा वार्षिक साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले सरकार, सरोकारवाला निकाय, कूटनीतिक नियोग तथा विकास साझेदारहरूसँग गर्दै आएको सहकार्य प्रशंसनीय रहेको उल्लेख गरे ।

उनले भने  ‘मुलुकको आर्थिक समृद्धि उद्योग व्यवसायको प्रवद्र्धन लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको प्रतिनिधिमुलक पहिलो यस संस्थाको निरन्तर योगदान प्रसंसनीय छ । नेपाल चेम्बर अफ कमर्सले सरकार, सरोकारवाला निकाय, कुटनीतिक नियोग तथा विकास साझेदारहरुसँग गर्दै आएको सहकार्य र खेलेको भूमिका सराहनीय छ,’।

Royal Enfield
nic asia capital

उनले नीति निर्माणमा वस्तुपरक विश्लेषण, अर्थतन्त्रका चुनौतीहरूमा स्पष्ट धारणा तथा व्यवहारिक सुझावमार्फत चेम्बरले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताए । उनले नेपालको निजी क्षेत्रको संघर्ष, समर्पण र उपलब्धिलाई स्मरण गर्दै मुलुकको आर्थिक समृद्धिमा चेम्बरले पुर्याएको योगदानको प्रशंसा गरे ।

कोभिड महामारी, आपूर्ति श्रृङ्खलामा आएको अवरोध र उत्पादनमा आएको गिरावटका कारण अर्थतन्त्रमा केही चुनौतीहरू देखिएको उल्लेख गर्दै राष्ट्रपतिले यस्तो अवस्थामा सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिए ।

देशको भविष्य युवा पुस्ताको हातमा रहेको चर्चा गर्दै राष्ट्रपति पौडेलले ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) रोक्न स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्ने बताए । उनले उद्यमशीलता, प्रविधि र सृजनशीलताका माध्यमबाट युवाहरूलाई आर्थिक गतिविधिमा जोड्नु आजको प्रमुख आवश्यकता रहेको औंल्याए ।

परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता र नवप्रवर्तनतर्फ लाग्न आह्वान गर्दै राष्ट्रपतिले डिजिटल अर्थतन्त्र, हरित विकास र स्टार्टअप संस्कृतिको विकासमा जोड दिए ।

यो समाचार शेयर गर्नुहोस्
996SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?