National life

नेपाललाई आरोग्य पर्यटन गन्तव्य बनाउनुपर्ने सभामुख अर्यालको भनाई

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०२ वैशाख २०८३, बुधबार
893Shares
नेपाललाई आरोग्य पर्यटन गन्तव्य बनाउनुपर्ने सभामुख अर्यालको भनाई
ncell

काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो पर्यटन गन्तव्यको रूपमा मात्र सीमित नराखी उच्चस्तरीय अनुभव, मूल्य र दिगोपनमा आधारित आरोग्य पर्यटन केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’का अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाललाई ‘बजेट डेस्टिनेशन’को छविबाट बाहिर निकालेर ‘प्रिमियम आरोग्य गन्तव्य’ का रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार केवल पर्यटकको संख्या बढाएर मात्रै देशको आर्थिक प्रगति सम्भव हुँदैन। बरु पर्यटकले प्राप्त गर्ने अनुभवको गुणस्तर र त्यसबाट आउने आम्दानी महत्वपूर्ण हुने उनले बताए।

Royal Enfield
nic asia capital

सभामुख अर्यालले आरोग्य पर्यटकहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्ने र लामो समय बस्ने उल्लेख गर्दै उनीहरू विलासिताभन्दा बढी मानसिक शान्ति र जीवनको अर्थ खोज्दै यात्रा गर्ने बताए। यसका लागि नेपालका हिमालय क्षेत्र, पवित्र नदीहरू तथा प्राचीन योग परम्परा विश्वस्तरमा आकर्षक सम्पदा बन्न सक्ने उनको धारणा छ।

विश्वभर आरोग्य पर्यटन तीव्र रूपमा विस्तार भइरहेको र यो विशाल अर्थतन्त्रको रूपमा विकसित भइसकेको सन्दर्भमा नेपालमा यस क्षेत्रमा ठूलो सम्भावना रहेको उनले उल्लेख गरे। उनले बडिमालिका, खप्तड, रारा, लुम्बिनी, मनाङ र मुस्ताङजस्ता क्षेत्रहरूलाई आध्यात्मिक अनुभव खोज्ने पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने बताए।

प्रकृति, संस्कृति र आध्यात्मिकतालाई एकीकृत गरी नयाँ पर्यटन मोडेल निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले स्पष्ट नीति, राष्ट्रिय आरोग्य ढाँचा तथा स्थानीय समुदायको सहभागिता अपरिहार्य हुने बताए।

सभामुख अर्यालले नेपाल सरकारको पहलमा संयुक्त राष्ट्रसंघले वैशाख २ (अप्रिल १५)लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मान्यता दिनु महत्वपूर्ण उपलब्धि भएको बताए उनका अनुसार यो दिवस केवल औपचारिकता नभई मानव जीवनलाई सन्तुलनमा ल्याउने, प्रकृतिसँग पुनः जोडिने र आत्मिक शान्तितर्फ उन्मुख हुने सन्देश बोकेको छ।

नेपालको सभ्यता र परम्परा स्वयंमा आरोग्यसँग जोडिएको उल्लेख गर्दै उनले योग, ध्यान, आयुर्वेद र प्रकृतिसँगको सहअस्तित्व नेपाली जीवनशैलीको मूल आधार रहेको बताए।

यो समाचार शेयर गर्नुहोस्
893SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?