काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १४.८८ अकंले बढेर २११९.६१ बिन्दुमा बन्द भएको छ ।
यस दिन ३०८ स्टकको १ लाख १७ हजार पटकको कारोबारमा ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज नेप्सेमा सूचीकृत १५२ कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज चन्द्रागिरी हिल्स, समाज लघुवित्त र रावा इनर्जीको शेयर पोजेटिभ सर्किट लेभलमा बढेको हो ।
त्यस्तै, यस दिन सिनर्जी पावर, सिंगटी हाइड्रो इनर्जी, ग्रीनलाइफ हाइड्रोपावर, विशाल बजार कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिइन्स्योरेन्स कम्पनी र युनियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।

































