काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक २६.०५ अंकले ओरालो लाग्दै २६७२.३९ विन्दुमा झरेको हो।
आज कुल २ करोड ६७ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ पुगेको छ। कारोबारमा आएका कम्पनीमध्ये ४२ वटाको मूल्य बढेको छ भने २१२ वटाको घटेको छ। ६ कम्पनीको सेयर मूल्य भने यथावत् रहेको छ।
आज सर्वाधिक कारोबार रिडी पावरको भएको छ। उक्त कम्पनीको ७७ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। त्यस्तै, एसवाई प्यानलको ५४ करोड ४ लाख, आँखुखोला जलविद्युतको ४८ करोड ४३ लाख, लिबर्टी इनर्जीको ३७ करोड १ लाख र ङादी ग्रुप पावरको ३३ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।































