National life

सेयर बजारमा दुई कम्पनी हाबी, अरूको चाल कस्तो रह्यो?

कारोबार विवरणअनुसार १२६ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०३ असार २०८३, बुधबार
5.4kShares
सेयर बजारमा दुई कम्पनी हाबी, अरूको चाल कस्तो रह्यो?
ncell

काठमाडौं । बुधबार सेयर बजार सामान्य वृद्धि भएको छ। नेप्से परिसूचक ०.०८ अंकले बढ्दै २७०५.५३ बिन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल ८३ लाख ७५ हजार कित्ता सेयर कारोबार हुँदा ३ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबार विवरणअनुसार १२६ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १३१ कम्पनीको मूल्य घटेको छ। १४ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको १४.९९%, बुंगल हाइड्रोपावरको ७.५०%, त्रिशुली जलविद्युतको ५.९२%, एसबीएल डिबेन्चरको ५.८८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आजको कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रह्यो, जसको २१ करोड १७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स, बुंगल हाइड्रो, सेन्ट्रल फाइनान्स र आँखुखोला जलविद्युतको पनि उल्लेख्य कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
5.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?