काठमाडौं । सेयर बजारमा मंगलबार सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक १.५४ अंकले घट्दै २७३३.५९ विन्दुमा बन्द भएको छ ।
आज बजारमा १ करोड २३ लाख ७९ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ४४ करोड १७ लाख रुपैयाँ पुगेको छ ।
कारोबार भएका कम्पनीमध्ये १०३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ वटा कम्पनीको घटेको छ। १६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
यी कम्पनीहरुमा अत्याधिक सेयर मूल्य वृद्धि
आजको कारोबारमा सोपान फर्मास्युटिकल्सको सेयर मूल्य अत्याधिक वृद्धि भएको छ । सोपान फर्माको १५% ले सेयर मूल्य बढेको हो ।
यस्तै, कालिन्चोक हाइड्रोपावरको १४.९९%, सप्तकोशी डेभलपमेन्ट बैंकको १०.९८%, उपकार लघुवित्तको ८.७०%, अप्पर हेवा खोला हाइड्रोपावरको ६.१७%, सेन्ट्रल फाइनान्स कम्पनीको २.९५ र सनराइज फर्स्ट म्युचुअल फण्डको २.९४% ले सेयर मूल्य बढेको हो । यी लगायतका अन्य कम्पनीहरूको पनि सेयर मूल्य बढेको देखिएको छ ।
यी कम्पनीहरुका सेयरधनीहरु नाफामा
सेयर बजार कारोबारको दोस्रो दिन पनि गिरावट कायमै रहँदा कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । कारोबार उल्लेख्य हुँदा एग्रीकल्चर बण्डका सेयरधनीहरुको भने सर्वाधिक कारोबार भएको छ ।
यसैगरी, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, एनबीबीएल डिवेन्चर, आँखुखोला जलविद्युत कम्पनी, लक्ष्मी बैंक डिवेन्चर, अपर हेवाखोला हाइड्रोपावर कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी, रिडि पावर कम्पनी, शिवम् सिमेन्ट्स लिमिटेड र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले पनि उल्लेख कारोबार भएको छ ।



































