National life

प्रसाईँले बोक्ने हतियारको छानबिन गर्न समिति गठन: १५ दिनभित्र प्रतिवेदन पेस गर्न आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
440Shares
प्रसाईँले बोक्ने हतियारको छानबिन गर्न समिति गठन: १५ दिनभित्र प्रतिवेदन पेस गर्न आदेश
ncell

काठमाडौँ । सरकारले व्यवसायी दुर्गा प्रसाईँको हतियारको विषयमा छानबिन गर्न समिति गठन गरेको छ।

हिजो बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रसाईँले प्रयोग गर्दै आएको हतियारको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

यही चैत ५ गते सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईँका दुई जना बडीगार्ड हतियारसहित पक्राउ परेका थिए। प्रसाईँका बडीगार्ड दीपक खड्का र राजकुमार धिमाल हतियारसहित पक्राउ परेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीहरूबाट प्रहरीले २२ बोर ए३५४७५२को हतियार बरामद गरेको थियो।

उक्त हतियार आफूले जिल्ला प्रशासन कार्यालय झापाबाट अनुमति लिएर राखेको दाबी प्रसाईँले गरेका छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने समय सीमा दिइएको छ। सहसचिव पाण्डेको संयोजकत्वमा गठित समितिमा गृह मन्त्रालयका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी छन्।

यो समाचार शेयर गर्नुहोस्
440SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?