National life

मन्त्रिपरिषद् बैठक सम्पन्न : राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१२ कात्तिक २०८२, बुधबार
1.2kShares
मन्त्रिपरिषद् बैठक सम्पन्न : राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय
ncell

काठमाडौँ । नेपाल सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय गरेको छ । यस निर्णयअन्तर्गत सचिवालयको दरबन्दी घटाउने निर्णय भएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र मौरिससबिच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने निर्णय पनि गरेको छ । यस्तै छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ।

Royal Enfield
nic asia capital
यो नियमावली राजपत्रमा प्रकाशित भएपछि अनलाइनको दर्ता र नवीकरण लागू हुनेछ ।

यसैगरी कतारको दोहामा आयोजना हुने ’सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा २०८२ कार्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ ।

बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?